रौतहट, १० चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आईतवार सम्पन्न भएको परीक्षामा मर्यादा भंग गरेर चिट चोर्नमा मद्दत गरिरहेका दुई जना निरीक्षकलाई परीक्षा अनुगमन समितिले नियन्त्रणमा लिएका छन् ।
सदरमुकाम गौरको टिकुलिया मावी खुला विद्यालय परीक्षा केन्द्र र मौलापुर नगरपालिकाको परीक्षा केन्द्रमा परीक्षार्थीहरुलाई चिट चोर्नमा मद्दत गर्न र प्रश्न पत्रमा भएको प्रश्नको उत्तर बोलेर लेखाई परीक्षाको मर्यादा भंग गर्ने दुई जना निरीक्षकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा भनिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जिल्लाको विभिन्न परीक्षा केन्द्रहरुबाट आज ४६९ थान मोबाइल बरामद गरिएको जानकारी दिए । बरामद गरिएका मोवाइलहरु परीक्षा अनुगमन समितिले नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले भन
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन