पाकिस्तानमा बलुच आन्दोलन चरम उत्कर्षमा

0 Shares

श्रीमन नारायण
दक्षिण एसियाकै देश पाकिस्तान आफ्नो स्थापना कालदेखि नै धर्म, जाति, भाषा र क्षेत्रीय स्वायतत्ताको समस्याबाट ग्रसित रहिआएको छ ।
मुसलमानहरू कदापि हिन्दुसँग मिलेर बस्दैन तसर्थ एउटा छुट्टै देश चाहिन्छ भन्ने चर्को माग राखेर मुस्लिम लिगका नेता मोहम्मद अलि जिनाले मुसलमानहरको निमित्त छुट्टै देशको स्थापना गराएका थिए ।
दक्षिणी छिमेकी भारत स्वतन्त्र हुन लाग्दा अंग्रेजहरूले आफ्नो शासनकालमा रोपेको जातीय एवं धार्मिक द्वन्द्वको बिउको परिणाम स्वरूप पाकिस्तानको जन्म भएको थियो ।
हिन्दूहरूको निमित्त भारत र मुसलमानहरूको निम्ति पाकिस्तानको जन्म भए पनि भारतमा रहेका मुसलमानहरूलाई हिन्दूहरू सरह नै समानताको अधिकार प्राप्त रहेको छ जबकि पाकिस्तानमा रहेका हिन्दु र सिख अल्पसंख्यकहरूलाई त्यस्तो कुनै अधिकार प्राप्त रहेको छैन् ।
पाकिस्तानमा रहेका हिन्दू, सिख र इसाईलाई बलजफतीपूर्वक धर्म परिवर्तन गर्न लगाई मुसलमान बनाउने क्रम जारी छ । पाकिस्तानलाई इस्लामिक देश घोषित गरिएको भए पनि त्यहाँ मुसलमानहरू भित्र पनि असन्तोष देखिन्छ । बंगला भाषाले मान्यता पाएन, हामीमाथि उर्दु भाषा लाद्ने काम भयो र बहुमत आफूहरू सित रहँदा पनि पाकिस्तानको शासन सत्तामा पञ्जावीहरूको एकाधिकार कायम भयो भन्दै सन् १९७१ मा पूर्वी पाकिस्तानका नागरिकले आन्दोलन मार्फत आफ्नो निम्ति छुट्टै देश बंगलादेशको निर्माण गरेका थिए । बङ्गला भाषालाई आफ्नो आत्मसम्मान र स्वाभिमान सित जोडेर हेर्ने बङ्गाली मुसलमानहरूको निम्ति त्यतिबेला इस्लाम धर्म होइन, बंगला भाषा महत्वपूर्ण थियो ।
हुन त पाकिस्तानको सिन्ध प्रान्तमा पनि असन्तुष्टिको स्वर देखिन्छ । खैबर पख्तुन पनि अशान्त नै छ तर हाल ब्लुचिस्तान प्रान्तमा जारी पृथकतावादी आन्दोलनले पाकिस्तान सरकार र त्यहाँको राजनीतिलाई अस्थिर बनाएको छ । विद्रोही बलुचिस्तान मुक्ति सेना (बिएलए) र पाकिस्तान सेनाबीच जारी हिंसक द्वन्द्व दिनानुदिन आक्रामक बन्दै गएको छ ।
पाकिस्तानका चार प्रदेशहरू मध्येको एक बलुचिस्तान पनि हो । क्षेत्रफलको हिसाबले यो पाकिस्तानको सबैभन्दा ठूलो प्रदेश हो जबकि जनसंख्याको हिसाबले सबैभन्दा सानो प्रदेश हो । प्राकृतिक खनिज सम्पदा र खाना पकाउने ग्यासको भण्डार मनिएको यस प्रदेशका अधिकांश जनता आदिवासी–जनजाति हुन् ।
पाकिस्तानका चार प्रदेशहरू मध्येको एक बलुचिस्तान पनि हो । क्षेत्रफलको हिसाबले यो पाकिस्तानको सबैभन्दा ठूलो प्रदेश हो जबकि जनसंख्याको हिसाबले सबैभन्दा सानो प्रदेश हो, देशको दक्षिण र पश्चिम क्षेत्रमा अवस्थित यस प्रदेशको राजधानी क्वेटा हो । प्राकृतिक खनिज सम्पदा र खाना पकाउने ग्यासको भण्डार मनिएको यस प्रदेशका अधिकांश जनता आदिवासी–जनजाति हुन् । प्राकृतिक स्रोत–साधनसित यिनको गहिरो आकर्षण हुन्छ । प्राकृतिक सम्पदाको जथाभावी दोहन यिनलाई मन पर्दैन । शायद त्यही भएर होला चीनको सहयोगमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) को पनि सर्वाधिक विरोध यसै प्रदेशमा हुने गर्दछ ।
पाकिस्तान सरकारले सिपेकको निर्माणका लागि चीनसित खर्बौं रुपैयाँ ऋण लिएको छ तर बलुचिस्तानका नागरिक भने आफ्नो प्राकृतिक खनिज सम्पदाको अनावश्यक दोहन हुन दिँदैनौँ भने चर्को विरोध गर्दै कहिले चिनियाँ ठेकेदार त कहिले चिनियाँ इञ्जिनियर र मजदुरमाथि समेत आक्रमण गरेका छन् । पाकिस्तानको निम्ति आर्थिक महत्वको क्षेत्र अरब सागरमा रहेको ग्वादर बन्दरगाह पनि यही पर्दछ । मूलतः बलुची र पश्तुनहरूको बसोवास रहेको बलुचिस्तान आफ्नो अनुपम संस्कृति र मरुभूमिको अत्यन्तै सुक्खा हावापानीको लागि प्रख्यात छ ।
बलोचहरूको आन्दोलन बृहत् आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारभन्दा धेरै अगाडि अब राजनीतिक स्वायत्ततासम्म पुगिसकेको छ । लोकतान्त्रिक शासन प्रणालीमा अधिकार भन्ने कुरा जनताले मागेकै बखत दिनुपर्छ होइन भन्ने यो घातक अवस्थामा पुगि हाल्छ । सैनिक शासनको लामो पृष्ठभूमि बोकेको पाकिस्तानमा मूलधारका राष्ट्रिय राजनीतिक दलहरूलाई त स्वेच्छाअनुसार राजनीति गर्न कठिन हुने गरेको छ भन्ने स्वायत्तताको मागलाई यसले सहज रूपमा सम्बोधन गर्नसक्ने अपेक्षा राख्नु मूर्खता नै हुनेछ तर सेनालाई मात्रै किन दोष दिने ? पाकिस्तानबाट बंगलादेशको जन्म त लोकतन्त्रवादी नेता जुल्फिकार अलि भुट्टोकै उच्च राजनीतिक महत्वाकांक्षाका कारण भएको हो ।
बलोचहरूको आन्दोलन धर्मनिरपेक्ष तथा माक्र्सवादी लेनिनवादी मुक्ति आन्दोलनबाट प्रभावित देखिन्छ । बलोच आन्दोलनकारीहरू अब छुट्टै स्वतन्त्र देश बलोचिस्तानको माग गरिरहेका छन् । बलोचहरू आफ्नो प्राकृतिक स्रोत–साधनको उपयोग केवल आफ्नो क्षेत्रको विकासमा मात्रै प्रयोग भएको हेर्न चाहन्छन् ।
सम्भवतः खुसी भुट्टोले शेख मुजिबुर रहमानलाई सत्ता हस्तानान्तरण गरिदिएका भए बङ्गलादेशको जन्म नै हुने थिएन । बंगलादेशको दुःखद घटनालाई स्मरण गर्दै पाकिस्तानले बलोचहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ । पाकिस्तानको वर्तमान सरकार निकै शक्तिशाली छ । देशका दुई ठूला दलहरू मिलेर सरकार बनाएको छ । वर्तमान सरकारलाई सेनाको पनि समर्थन प्राप्त छ । बलोचिस्तानमा जारी आन्दोलनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिकए इन्साफको हात छ भने पाकिस्तान सरकारले आरोप लगाउँदै आएको छ जबकि इमरान खानको पार्टीले भने सरकारको भेदभावपूर्ण नीतिका कारण बलोचिस्तानको आन्दोलन तीव्र भएको आरोप लगाउँदै आएको छ ।
बलोचहरूको आन्दोलन धर्मनिरपेक्ष तथा माक्र्सवादी लेनिनवादी मुक्ति आन्दोलनबाट प्रभावित देखिन्छ । बलोच आन्दोलनकारीहरू अब छुट्टै स्वतन्त्र देश बलोचिस्तानको माग गरिरहेका छन् । बलोचहरू आफ्नो प्राकृतिक स्रोत–साधनको उपयोग केवल आफ्नो क्षेत्रको विकासमा मात्रै प्रयोग भएको हेर्न चाहन्छन् । ब्रिटिसहरूले सन् १८४३ मा सिन्धलाई आफ्नो अधिनमा ल्याउनुभन्दा अघिसम्म बलोचिस्तानमा तालपुर बंशीय आदिवासीहरूको शासन थियो । सन् १९७० मा पाकिस्तानका राष्ट्रपति याहया खानले पाकिस्तानलाई एकीकरण गर्ने अभिमान अन्तर्गत बलोचिस्तानलाई पाकिस्तानको चौथो राज्यको रूपमा घोषणा गरे । पूर्वी पाकिस्तान अर्थात बङ्गलादेशको स्थापनाका बखत भारतले ९० हजारभन्दा बढी पाकिस्तानी सैनिकलाई आत्मसमर्पण गर्न बाध्य पारेका थिए ।
पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण पनि गरेका थिए तर भारतले मानवीयताको आधारमा ती सबै पाकिस्तानी युद्धबन्दीहरूलाई रिहा गरेको थियो । पाकिस्तानी मूलका क्यानाडाली लेखक पत्रकार तारेख फतेहले भारतबाट रिहा गरिएका तिनै पाकिस्तानी सैनिकहरूले बलोचिस्तानमा गएर दमनचक्र चलाएको आरोप लगाएका थिए । मिर अहमद चार खान जसलाई कलाटको खान पनि भनिन्थ्यो उनले १२ अगस्ट १९४७ मा बलोचिस्तानलाई स्वतन्त्र देशको रूपमा घोषणा गरेका थिए । डिसेम्बर १४, १९४७ देखि फेब्रुअरी २५, १९४८ सम्म बलोचिस्तानको संसदले पश्चिमी पाकिस्तानमा विलयको प्रस्तावलाई पटक–पटक अस्वीकार गरेको थियो ।
मार्च २७, १९४८ मा कलाटका खानले बलोचिस्तानलाई पश्चिमी पाकिस्तानमा विलय गराउने प्रस्तावमा समर्थन जनाए । १५ अप्रिल १९४८ मा पाकिस्तानी सेनाको त्यहाँ आगमन भयो । सन् १९५८ को अक्टोबर ६ मा कलाट शहरमा त्यहाँका खानको निवासमा पाकिस्तानी सैनिकहरूले आक्रमण गरे तथा कलाटका खानसहित सयौँ बलोच राजनीतिककर्मीलाई पक्राउ गरे र त्यसको भोलिपल्ट नै पाकिस्तान सरकारले त्यहाँ ‘मार्सल ल’ लागू गरे । अक्टोबर १९४८ को त्यस घटनाको विरोधमा मिर नरोज खानले सरकारको कदमको विरोध गरे । सन् १९५९ देखि १९६३ सम्म बलोच आदिवासी नेता शेर मोहमद मेरीले आदिवासीहरूको समर्थनमा विद्रोहको शंखनाद गरे ।
मेंगलमेरी र बुकटीहरूले साथ दिए । बलोचिस्तान स्वतन्त्रताको पक्षमा त्यहाँका छात्रहरूले १९६७ मा बलोच छात्र संगठनको स्थापना गरे । सन् १९६७÷०६८ मा बलोच विद्रोही र पाकिस्तानी सैनिकबीच ठूलो संघर्ष भयो । पाकिस्तानको भुट्टो सकारले सन् १९७०÷०७१ मा प्रदेशसभाको निर्वाचन ग¥यो । २० सदस्यीय प्रदेश सभामा ८ सिट जितेको एनएपीका मीर गौस बख्स विजेन्जोलाई गभर्नर नियुक्त ग¥यो । यसले विरोधमा इरानकी र अफगानिस्तानले सन् १९७३ मा विद्रोहीलाई सैनिक सहायता प्रदान ग¥यो । सन् १९७३ को फेब्रुअरी १० मा इस्लामावादस्थित इराकी दुतावासमा हतियार फेला परेको आरोप पाकिस्तान सरकारले लगाएपछि अमेरिका फ्रान्स र चीनले पाकिस्तान सरकारलाई सहयोग सैन्य सहयोग उपलब्ध गरायो ।
प्रधानमन्त्री भुट्टोले प्रादेशिकसभा विघटन गर्दै गर्भनरलाई पनि बर्खास्त गरे तथा फ्रेब्रुअरी १२, सन् १९७३ मा सरदार अकबर खान बुगतीलाई नयाँ गभर्नर नियुक्त गरे । विद्रोही सैनिकबीचको द्वन्द्वमा एक हजार नागरिक मारिए । गभर्नरले राजीनामा गरे । सन् १९७३ देखि १९७७ सम्मको अवधिमा ५५ हजार बलोच विद्रोही र ८० हजार पाकिस्तानी सेना सशस्त्र द्वन्द्वमा सामिल थिए । बलोच विद्रोहीका अनेकौं नेताहरू समद खान अत्रणगईको हत्या गरियो ।
केही वर्ष अघि बलोच नेता करीम बलोचको क्यानाडामा हत्या गरियो भने अनेकौं बलोच नेता र पाकिस्तानी सैनिकले ज्यान गुमाउने क्रम रोकिएको छैन । पाकिस्तान सरकार विद्रोहीहरूको आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिएको छ जबकि विद्रोहीहरूले यसलाई मुक्ति आनदोलनको संज्ञा दिएका छन् । पाकिस्तानमा जारी आन्दोलनले आर्थिक रूपले कमजोर देशलाई थप कमजोर बनाउने निश्चित छ । वार्ताबाट यस समस्याको समाधान खोजिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।