काठमाडौं, १२ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान सरकार सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताए ।
ओली नेतृत्वको सरकार सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको टिप्पणी गर्दै मानवता विरोधी कार्य गरेको बताएका हुन् ।
संघिय राजधानी काठमाडौंको बिभिन्न स्थानहरुमा रहेका सुकुम्बासी बस्तीमा आजपा अध्यक्ष साहले उनीहरुको अवस्था बुझ्दै उनीहरुको व्याप्त समस्या बारेमा छलफल गरे ।
मंगलबार काठमाडौंका सुकुम्बासी बस्तीमा पुगेका साहले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकार अमानविय अपराध गरेको बताउदै तत्कालै खानेपानीको व्यवस्था गर्न माग गरे ।
‘सरकारले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गरेको छैन् । उनीहरुलाई शुद्ध खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको छ । फोहोर पानीमा डुब्ने, सरकारलाई कर दिने, उम्मेदवारलाई मतादान गर्ने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले नाकावन्दी नै गरेको टिप्पणी गरे । उनीहरुको समस्या समाधान गर्न सरकारले चासो दिएन्, यो ठिक होईन् । हामी त्यतिकै छोड्दैनौं’, आजपा अध्यक्ष साहले भने, ‘सुकुम्बासी बस्तीका समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित रुपमा गाँस, बाँस र कपासको व्यवस्था सरकारले गर्न आवश्यक बताए ।’
सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सिमित नेताहरुले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रुपमा बुझेको बताउदै उनले काठमाडौंको बिभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । नेताहरुले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौंको सुकुम्बासी समस्या समाधानमा चासो नदिइ उदाशिन रहेको बताए । काठमाडौंका सुकुम्बासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने जिकिर गरे ।
दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफल कार्यक्रमलाई तिव्र बनाएका छन् ।
उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी सुकुम्वासी अगुवाहरुसँग छलफलमा गरेको बताइएको छ ।