रौतहट, १३ चैत । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी” भन्ने मुल नाराका साथ नेपाल नेत्र ज्योती संघ आफनो ४७ औं स्थापना दिवशको सुखद अवसरमा बुधवार आयोजित कार्यक्रममा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालले दुई जना कर्मचारीलाई सम्मानित गरेर हौसला बढाएका छन् ।
नेपाल नेत्रज्याति संघ गौर आँखा अस्पतालको मूल्याँकन समितिको छनौटमा सर्वोत्कृष्ट पर्नु भएका वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने र नेत्र अधिकृत विनिता केसरीलाई एक कार्यक्रमका बीच सम्मानित गरिएका हुन् ।
नेत्र अधिकृत विनिता केसरीलाई नेपाल नेत्र ज्योति संघ रौतहट शाखा अध्यक्ष एवं गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंहले नगद तथा प्रमाण पत्र दिनु भयो भने पूर्व सभापति दुर्गा प्रसाद यादवले वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेलाई प्रमाण पत्र र नगद प्रदान गर्नुभएको संघका जिल्ला सचिव बच्चा यादवले जानकारी दिए ।
नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल पुरेनवा गौरका प्रशासन प्रमुख नागेश्वर चौधरीले नेपाल नेत्रज्याति संघको ४७ स्थापना दिवस रौतहटमा भव्यताका साथ मनाइएको जानकारी दिदै आज विहान गौरमा निकालिएको प्रभात फेरी कार्यक्रममा उत्कृष्ट रुपमा सहभागी भई गौर नगरको परिक्रमा गर्दै राईस मिल्समा सभामा परिणत भए । उक्त सभामा अध्यक्ष सिंह, पूर्व अध्यक्ष यादव सहितका विभिन्न क्षेत्रका व्यत्तित्वहरुले राख्नु भएका शुभकामना वत्तव्य प्रति कृत्तज्ञता जाहेर गर्दै अगामी दिनमा पनि यसरी नै साथ र सहयोग गौर आँखा अस्पताल प्रति राखिदिन प्रशासन प्रमुख चौधरीले आग्रह गर्दै सम्पूर्ण महानुभाव प्रति धन्यवाद ज्ञापन गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन