तराई टप डेष्क
रौतहट, १३ चैत । मापदण्ड विपरित गैरकानुनी रुपमा अस्पताल संचालन गरेर विरामीहरुलाई लुट्दै आएका आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरका संचालक एवं कथित झोले डाक्टर उमेशप्रसाद जयसवाल आखिरकार……प्रहरीद्वारा पक्राउ परेका छन् ।
गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगर महादेव मन्दीर जाने बाटोमा बर्षौ बर्ष देखि पारालाइसिस (लकवा) विरामीहरुलाई उपचार गर्ने बहानामा लुट्नका लागि संचालन गरेका आनन्द होस्पिटल एक्युपञ्चर सेन्टर खडा गरेका थिए ।
आर्थिक बलमा चौतफी आफनो रवाफ जमाउन सफल भएका कथित एवं झाले डाक्टर जयसवाललाई रौतहट एसपीको ठाडो निर्देशनमा इलाका प्रहरी शिवनगरका प्रहरी नायव निरीक्षक बब्लुकान्त झाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएका हुन् ।
गैरकानुनी एवं जनस्वास्थ्य नियमावलीलाई ठाडो चुनौती दिदै संचालनमा ल्याएको उक्त सेन्टरको वारेमा विगतका बर्ष देखि नै निरन्तर रुपमा तराई टप अनलाईन ले समाचार प्रकाशित गर्दै आएपनि उनको गैरकानुनी कार्यलाई गरुडा नगरपालिकाबाट थप मनोबल बढायो । किन भने, स्थानीय तहलाई अधिकार नै नभएको कार्य गरेर जयसवाललाई होष्टेमा हैंसे बनाउने कार्य गरियो ।
स्थानीय तहलाई जनस्वास्थ्य नियमावली २०७७ अनुसार बढिमा १५ शैंया सम्मको अस्पताल संचालनको अनुमती दिने अधिकार हो तर उक्त ऐन कानुन नियमावली विपरित गरुडा नगरपालिकाले २५ शैंयाको स्वीकृति दिएपछि जयसवाललाई खुलेआम लुट्न आधार एवं प्रमाण पत्र पाएको रवाफ देखाउन थाले ।
आर्थिक चलखेलको आधारमा जयसवाललाई गरुडा नगरपालिकाबाट गैरकानुनी रुपमा इजाजत दिइयो । यस्तै २०७८ सालमा पनि तत्कालिन नगरप्रमुख इन्नु राय यादवको कार्यकालमा पनि विना निर्णयको १५ शैंयाको इजाजत दिएपनि सोको आधिकारिक रिपोर्ट एवं दर्ता प्रमाण पत्र नगरपालिकामा नरहदा गएको आर्थिक बर्षमा गरुडा नगरपालिकाको जिम्मेवार पदाधिकारी एवं फाँट प्रमुखको आर्थिक चलखेलको आधारमा गैरकानुनी रुपमा इजाजत दिएपछि जयसवाल मख्ख थिए ।
भनिन्छ जतिसुकै गैरकानुनी कार्य गरेर आर्थिक बलमा उम्किदै जानु समय विग्रेपछि आफै फसिन्छ जस्तो उदाहरण सावित भए फागुन महिनामा मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गरेर उक्त होस्पिटल बन्द गर्न निर्देशन दिएर हिडेका थिए । तर गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद कलवारले मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गराउदै जयसवालको गैरकानुनी होस्पिटललाई खोल्न लगाएको थियो ।
मुख्यमन्त्रीको आदेशको अवज्ञा भयो भन्दै विभिन्न संचारमाध्यमहरुमा निरन्तर रुपमा समाचार प्रकाशित हुदै आएपनि इलाका प्रहरी कार्यालय गरुडाले कथित एवं झोले डाक्टर जयसवालको होस्पिटल बन्द गराउन वा समात्न हिम्मत जुटाउन सकेनन् । किन भने सबै स्थानीय स्तरमा जयसवालको पैसाको बलमा गैरकानुनी कार्यलाई संचालन गर्दै आईरहे ।
जव प्रहरीको नाम मुछेर समाचार लेख्न थालिए संगै मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएपछि रौतहट प्रहरी प्रमुख दिलिप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय गरुडाले बुधवार अबैधानिक आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरका कथित एवं झोले डाक्टरलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
जयसवाललाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी घिमिरेले पुष्टि गर्दै निजलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।
स्मरणीय यो छ की, आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरका संचालक एवं कथित झोले डाक्टर उमेश प्रसाद जयसवालको यदी चिकित्सक हो भने नेपाल मेडिकल काँउन्सीलबाट आधिकारिक्ता किन लिएको छैन ? पहिलो प्रश्न, दोश्रो प्रश्न यो छ की, भारतबाट खरिद गरेर ल्याएको सट्टिफिकेटबाट उनले मान्यता लिन टियुको रेक्टर कार्यालय काठमाडौंमा पेश गरेको कागजातहरु किन झिक्यो ? तेश्रो प्रश्न रेक्टर कार्यालयबाट जयसवाललाई नक्कली सट्टिफिकेट झिक्नमा कस्ले मद्दत गर्यो त्यसको पर्दाफाश गर्ने दायित्व अब जिल्ला प्रहरी कार्यालय रौतहट र मुख्यमन्त्री सतिशकुमार सिंहको काँधमा आएको छ ।
आशा गरौं गैरकानुनी कार्य गर्नेलाई सम्बध निकायले दण्डित गरी उचित न्याय गर्ने छ अन्यथा कथित एवं झोले डाक्टर जयसवालको आर्थिक शक्तिको अगाडी सम्बध निकाय निष्पक्ष हुन्छ कि हुदैनन् त्यो आउने समयले अवश्य देखाउने छ ।