चिनियाँ नागरिकले बिना अनुमति संचालन गरेका भाषा कक्षालाई प्रहरीले बन्द गराए

0 Shares
रौतहट, १४ चैत । पर्यटक भिसामा आएर चिनियाँ नागरिकले अनुमति विना नै गैरकानुनी रुपमा चिनियाँ भाषा सिकाउदै आएका कक्षालाई प्रहरीले बन्द गराएको छ ।
गत एक महिना देखि रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानहरुमा  अनुमती विना संचालित चिनियाँ भाषा प्रति स्थानीयहरुले चासो एवं स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएपछि उक्त कक्षालाई बन्द गराइएको हो ।
पर्यटक भिसामा आएका चिनियाँ नागरिकहरुले चन्द्रनिगाहपुर आसपासका क्षेत्रमा भाषा कक्षा सञ्चालनको आडमा शंकास्पद गतिविधि समेत गरेको भन्दै गुनासो आएपछि प्रहरीले बन्द गराएका छन् ।
चन्द्रपुरको वडा नम्बर ६ र १० मा चिनियाँ भाषाको अनुमति बिना कक्षा सञ्चालनमा गर्दै आएका थिए । चन्द्रपुर वडा नम्वर १० बालचनपुर स्थित तेली समाज धर्मशाला, चन्द्रनिगाहपुर स्थित ईभा खाजाघर र डाबरी जाने बाटोमा अनुमति नलिएरै चार वटा कक्षा सञ्चालित हुँदै आएका थियो ।
अनुमति बिना एवं पर्यटक भिसामा आएर कक्षा संचालन गरेको जानकारी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जानकारी प्राप्त भएपछि डिएसपी राजकुमार राईले चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएर सोधपुछ गरी कक्षा बन्द गराएको बताइएका छन् । उनीहरुले हिजो बुधबारबाट सबै कक्षा बन्द गराएको डिएसपी राईले जानकारी दिए ।
चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएपछि उनीहरु काठमाडौ तिर लागेको डिएसपी राईले बताए । बालचनपुरको तेली समाज धर्मशालाभित्र दैनिक झण्डै २ सय बालबलिकाहरु चिनियाँ भाषा पढिरहेको देखिन्थे । उनीहरुलाई चिनियाँ पर्यटक एलीनले पढाथिइन् । पर्यटक भिसामा आएका उनीहरुसँग पढाउने अनुमति थिएन ।
निःशुल्क रुपमा भाषा कक्षा मात्र होइन, कक्षामा सहभागी बालबालिकाहरुलाई दैनिक प्रतिव्यक्ति ५० रुपैयाँ र शैक्षिक सामग्रीसमेत दिने गरेको बुझिएको छ । भाषा कक्षामा सक्रिय विद्यार्थीलाई साइकल उपहार समेत दिए ।
चिनियाँ नागरिकले संचालनमा ल्याएको चिनियाँ भाषाको सिकाउदै गरेको अवस्थाको अर्का युवकले लाइभ प्रशारण गरेको देखिन्छ । समाजिक संजाल मार्फत उक्त लाइभ कसलाई देखाइएको हो सम्बध निकायबाट अनुसन्धान गरिनुपर्ने देखिन्छ ।
उपहार र दैनिक कक्षामा सहभागी भएवापत रुपैयाँ पाउने भएपछि स्थानीय बालबालिका विद्यालय बिदा हुनेबित्तिकै भाषा कक्षामा जाने तर्फ आकर्षित भएको पाइयो ।
डिएसपी राईका अनुसार सुरुमा उनीहरुलाई टिकटकमा रिल बनाउने काम गराएर पछि प्रलोभन दिदै दैनिक रुपैया दिएर भाषा कक्षा सिकाउन थालेपछि स्थानीय बालबालिकाहरुको आकर्षण बढेको र उनीहरुलाई मोटिभेसन गर्न तिन जना स्थानीय व्यक्तिलाई स्वयंम सेवकको रुपमा परिचालन गरेको थियो । उनीहरुको कार्यशैली प्रति स्थानीय नागरिकहरुले आपत्ती जनाएपछि सबैलाई काठमाडौं तर्फ पठाइएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।