गोडैताको जयपुरमा तरकारी खेतीलाई व्यावसायी बनाउन दुई दिने तालिम सम्पन्न

0 Shares
सर्लाही, १५ चैत । सर्लाहीको गोडैता नगरपालिकाको किसानहरुलाई दुई दिने तरकारी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएका छन् ।
साना किसान कृषि सहकारी संस्था गोडैता ७ को आयोजनामा तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था बर्दिवासको सहयोगमा गोडैताका किसानहरुलाई दुई दिने तरकारी खेतीलाई व्यावसायिक बनाउन दुई दिने विशेष तालिम जनता आधारभुत विद्यालय जयपुरमा आज सम्पन्न भएका हुन् ।
तालिममा मौसम अनुसारका तरकारी खेती प्रविधि, माटो परिक्षण गरेर तयारी र गुणस्तर परीक्षण, उन्नत बिउ उत्पादन, नर्सरी व्यवस्थापन, उत्पादन वृद्धिका उपायहरू तथा व्यावसायिक खेतीबाट आम्दानी बढाउने रणनीति जस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण दिइयो । कृषि अधिकृत अरविन्द कुमार महतोले किसानहरूलाई व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
तालिममा सहभागी किसानहरु उत्साहित बनेका छन् । हुलास महतो र रामएकवाल महतो जस्ता सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै अब व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्ने आत्मविश्वास जागेको प्रतिक्रिया दिए ।
तालिममा सहभागिता जनाएका ६० जना किसानलाई प्रमाणपत्र प्रदान गरिएको संस्थाका सहायक प्रबन्धक मुकेश झा ले जानकारी दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष विनय कुमार झाको अध्यक्षतामा, वडाध्यक्ष अजय कुमार साहको प्रमुख आतिथ्य तथा संस्थाका प्रबन्धक अनुराधा कुमारीको विशिष्ट आतिथ्यता सम्पन्न भएको बताइएको छ ।
स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहकारी संस्थाले आगामी दिनमा पनि यस्ता व्यावहारिक तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।