अहिले लोकतन्त्रको मजाक बनाईएको छ, नेतामुखी शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह

0 Shares
काठमाडौं, १७ चैत्र । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरे ।
अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको जिकिर गर्दै अहिले लोकतन्त्रको भद्दा मजाक बनाइएको छ, अहले जनताको नभई नेतामुखी शासनलाई गणतन्त्रको भ्रम छरिएको गम्भिर आरोप लगाए ।
रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त गम्भीर आरोप लगाएका हुन् । ‘हिजो हामी लोकतन्त्रको लागि जसरी लड्यौं, अहिले लोकतन्त्र छ ? जनताको सर्वोच्चता यसैलाई भन्छौं ? नेपालमा निर्वाचित संस्थाको सर्वोच्चता छ ? निर्वाचित संस्था माथि नै छ त ? म भन्छु–अहिले पार्टीका शिर्ष नेताहरुको हुकुमी शासन चलिरहेछ ।
देश पार्टीले चलाएको छ । त्यसमा पनि पार्टीभित्रको गुटले । सांसद भनेको पार्टीको कारिन्दा मात्र हो । अहिले लोकतन्त्रको मजाक बनाईयो । हिजो लडेर ल्याईएको परिवर्तन र बदालव उल्टाईयो, लोकतन्त्रको ठाउँमा दललतन्त्र बनाईयो । राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागकिरता दिने नांगै राष्ट्रघात भयो । संघीयताको नाममा ७६१ को दुनियाँमा नभएको तीन तहको सरकार बनाईयो । अल्पसंख्यकको लागि लडिएको थियो, अहिले शासकलाई पोसियो । समानताको सट्टा विशेषाधिकार ल्याईयो । प्रतिष्पर्धाको लागि लडेका थियौं, सिण्डिकेट बनाईयो….जस्ता गम्भीर आरोप लगाए ।’
उनले नेताहरुको शासनलाई गणतन्त्र भनेर भ्रम बनाईएको भन्दै तिव्र आलोचना गरे । उनले भने, ‘जनता देशको मालिक भएका छैनन् । कांग्रेस र एमालेले निर्वाचनको प्रतिबद्धता उल्लंघन गरेका छन् । कुन कानूनले कांग्रेस र एमालेको सरकार बनाउनुभयो ? तपाईंहरुलाई कानून लाग्दैन ? दुनियाँमा नभएको जात्रा नेपालमा भैरहेको छ, सबैलाई थाहा छ अहिलेको क्याविनेट सिस्टममा प्रधानमन्त्री भनेको अल नि वान हो, तर प्रधानमन्त्री माथि अख्तियार लाग्दैन् ।’
उनले हिजो राजाको पालामा समेत सभा तथा सम्मेलन गर्ने ठाउँहरु छुट्याईएको भएपनि अहिले जनताले सभा गर्ने थलो नभएकोमा आक्रोश पोखे । उनले भने, ‘केपी ओली सभा गर्नुपर्यो भने एउटा सडकमा गर्नुहुन्छ, प्रचण्डजीले गर्नुपरे अर्को सडकमा गर्नुहुन्छ, तर जनताले कहाँ सभा गर्ने ?’ उनले कांग्रेस र एमाले दुवै दलमा ओरिजलन नेताको भ्यालु नभएको र खाली पहुँच भएकाहरुको मात्रै बोलवाला रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।