जिगडियामा नगरप्रमुख जयसवालद्वारा जामे मस्जिदको शिलान्यास

0 Shares
ओम प्रकाश यादव 
रौतहट, २० चैत । रौतहटको मध्य क्षेत्र गरुडा नगरपालिकाको जिगडियामा नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले जामे मस्जिदको शिलान्यास गरेका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ८ जिगडिया गागउँमा एक करोड ३८ लाखको लागतमा निर्माण हुने पक्कि जामे मस्जिद भवनको एक समारोहका बीच नगरप्रमुख जयसवालले शिलान्यास गरेका हुन् ।
एक करोड ३८ लाखको लागतमा जिंगडियामा अत्याधुनिक एवं सुविधा सम्पन्न जामे मस्जिद भवनको शिलान्यास गरिएको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले खुशी व्यक्त गरे । मस्जिद भवनको निर्माण कार्य छिट्टै प्रारम्भ भई निर्धारित समयभित्रै सम्पन्न गरिने उनले दाबी गरे ।
एक करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको उक्त मस्जिद भवन मुस्लिम धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई सहज बनाउन अति महत्वपूर्ण एवं उपयोगी हुने नगरप्रमुख जयसवालले विश्वास व्यक्त गरे ।
प्रमुख जयसवालले गरुडा नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण जातजाति, धर्म तथा समुदायको उचित समान हक अधिकार सुनिश्चित गर्दै आम जनताको चाहना अनुसार काम गरी अघि बढिरहेको बताए । नगरपालिकाले सबै नागरिकको धार्मिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राखेर कार्य गरिरहेको स्पष्ट पार्दै उनले “नगरपालिकामा कसैलाई उपेक्षित हुन दिइने छैन । सबै समुदाय समान छन्, सबैको हक बराबर छ, र विकासको अधिकार सबैको हो ।”
नगरपालिकाको नेतृत्व सम्हालेपछि आफूले सबैको भावना र आस्थालाई उचित सम्मान गर्दै विकासलाई पहिलो प्राथमिकता दिएको बताउँदै प्रमुख जयसवालले गरुडा नगरपालिकालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र समृद्धिको उदाहरणीय मोडेलका रूपमा स्थापित गर्ने गरी काम भईरहेको बताए । जामे मस्जिदका अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।