सर्लाही, २१ चैत । आफूलाई नेपाल प्रहरीमा व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिने व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही सदरमुकाम मलंगवा १० स्थित साहारा गेष्ट हाउसका संचालकलाई व्यूरोका इन्सपेक्टर हुा भन्दै धाक धम्की दिईरहेको सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले सर्लाही हरिवन नगरपालिका वडा नम्वर ६ का रमेश खरेलको २९ बर्षीय छोरा अनुक्रम खरेललाई बुधवार साँझ ५ बजेको समयमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीबाट प्राप्त प्रेस नोटमा पक्राउ परेका खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको र निजको शरिर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मो ३ पत्ता २४ वटा ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
खरेललाई प्रहरी हिरासतमा राखेर अनाधिकृत रुपमा धाकधम्की एवं प्रतिबन्धित लागु औषध कसुरमा मुद्दा चलाउन आवश्यक अनुसन्धान भईरहेको डिएसपी राइले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन