तीन बुंदे सहमती संगै मधेश प्रदेशको गतिरोध अन्त्य, आउदो २६ गते प्रधानमन्त्री ओलीले मधेश सभालाई सम्बोधन गर्ने

0 Shares
जनकपुरधाम, २२ चैत । मधेश प्रदेशको मन्त्रालयबाट विकास निर्माणको योजनाहरु विक्री वितरण भईरहेको गम्भीर आरोप लगाउदै अवरुद्ध रहेका सदनलाई सुचारु गराउन तीन सुत्रिय निर्णय भएका छन् ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलको समन्वयमा शुक्रवार बसेको सर्वदलिय बैठकले आउदो चैत २६ गते प्रदेश सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने, चैत २७ गते मन्त्रीहरुले सदनमा उठेका प्रश्नहरुको जवाफ दिने र विभिन्न मन्त्रालयबाट प्रदेशमा छुटयाइएका विकास निर्माणका योजनाहरु विक्री वितरण सम्बन्धमा छानविन समिति गठन गर्ने गरी निर्णय भएका हुन् ।
मधेश प्रदेशमा विपक्षी साँसदहरुले सभालाई अवरुद्ध बनाएर निरन्तर रुपमा योजना विक्री गर्नेहरु माथि छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने र मन्त्रीहरु जवाफ दिनुपर्ने माग राख्दै आएका थिए । प्रदेश सभाको गतिरोध अन्त्य गर्न सभामुख मण्डलले आज सर्वदलिय बैठकको आह्वान गरेको थियो ।
मधेश प्रदेशको मन्त्रालयबाट योजनाहरु विक्री वितरण भईरहदा विकास निर्माणको कार्य प्रभावकारी नहुने भन्दै नेकपा माओवादी केन्द्र सहितका विपक्षी दलका साँसदहरुले सभामुखको ध्यानाकर्षण गराउदै प्रदेश सभा अवरुद्ध गरेका थिए ।
पूर्व पर्यटन मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) ले मधेश प्रदेशमा विकास निर्माण गर्न बनाइएका योजनाहरु विक्री वितरण हुने गरेको जसका कारण विकासका कार्यहरु प्रभावकारी एवं दिर्घकालिन हुने नभएको हुँदा त्यस्ता विक्री योजनाहरुको यथोचित रुपमा छानविन गरी दोषिलाई कारवाही गर्न प्रदेश सभामुखको ध्यानाकर्षण गराउदै प्रदेश सभाको बैठक अवरुद्ध बनाउदै आएको थियो ।
सभामुखको ध्यानाकर्षण संग अवरुद्ध प्रदेश सभालाई सुचारु गराई समस्या हल गराउनका लागि सभामुख मण्डलको समन्वयमा आज बसेको सर्वदलिय बैठकबा तिन सुत्रिय निर्णयबाट मनोमानी गरिरहेका सरकार एक कदम पछि हट्दै समस्या समाधान गर्न सकारात्मक बनेको पूर्व मन्त्री भट्टराईले जानकारी दिए ।
उक्त सर्वदलिय बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंह, नेपाली काँग्रेस संसदीय दलका नेता एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता, नेकपा मोओवादी संसदीय दलका नेता युवराज भटराई, जसपा, लोसपा, जनमत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।