राजा र जनताको बिचको संघर्षमा जनताको जित हुन्छः संघीय अध्यक्ष श्रेष्ठ

0 Shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले “राजा र जनताको बीचको संघर्षमा अन्ततः जनताको जित हुन्छ” भन्ने अभिव्यक्ति दिएका छन् ।
पार्टीको बागमती प्रदेश समितिद्वारा हिजो ’पुर्नउत्थानवादी गतिविधिहरुको विरोध गरौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं’ भन्ने नाराका साथ वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।
नेपालको इतिहासमा पनि राजा र जनताको संघर्ष पटक–पटक देखिएको छ । २००७ सालको क्रान्तिदेखि २०६२÷६३ को आन्दोलनसम्म जनताले नै राजतन्त्रलाई परास्त गर्दै लोकतान्त्रिक प्रणाली स्थापना भएको र अहिले नेपालमा गणतन्त्र स्थापनापछि पनि कहिलेकाहीँ राजसंस्थाको पुनस्र्थापनाको बहस उठ्ने गर्छ । तर संसारको ऐतिहासिक अनुभवले देखाएको छ, कि अन्ततः जनता नै निर्णायक शक्ति भएको उनले जनाए ।
अध्यक्ष श्रेष्ठले, “गएको खोलो फर्किदैन” भन्दै अब देशमा राजा नफर्किने बताए । नेपालमा स्थापित गणतन्त्र स्थायी भइसकेको छ । नेपालले २०६२÷६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गरिसकेको छ ।
संविधानसभाबाट २०७२ सालमा जारी संविधानले गणतन्त्रलाई संस्थागत गरिसकेको छ । यसले लोकतन्त्र र जनताको सर्वोच्चतालाई पुष्टि गर्छ । यद्यपि कहिलेकाहीँ राजसंस्थाको पुनस्र्थापनाबारे बहस उठ्ने गर्छ, तर इतिहास हेर्दा एकपटक परिवर्तन भइसकेपछि त्यसलाई फर्काउने सम्भावना अत्यन्त न्यून हुन्छ, उनको जिकिर रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले, देशमा पछिल्लो समय बढ्दै गएको पुर्नउत्थानवादी प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए । उनले संविधानको मर्म र भावना विपरीत भइरहेका गतिविधिहरूलाई रोक्न पार्टी सङ्घर्षरत रहेको समेत उल्लेख गरे । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूको मन्त्रिमण्डलको अवधारणालाई लागु गर्न समेत उनले जोड दिए । नेपालमा सुशासन, विकास र समृद्धि अहिलेको प्रमुख बहसको विषय भएको उहाको धारणा रहेको थियो ।
चैत १५ गते तिनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्ररूप लिएको, पत्रकार सुरेश रजकको हत्या भएको र गणतन्त्रविरोधी नाराहरू लागेका विषय हाल नेपाली राजनीतिमा निकै चर्चित र विवादास्पद रहेको उनले ठोकुवा गरे ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानतः स्थापित व्यवस्था हो । जसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई स्वीकार गरेको छ । यस्ता विरोध प्रदर्शनहरूलाई कस्तो रूपमा हेर्ने भन्नेमा फरक मत हुन सक्छ, तर हिंसा र अमानवीय क्रियाकलाप कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए ।
नेपालमा ७६१ सरकार (१ संघीय, ७ प्रदेश, ७५३ स्थानीय) को संरचना बनाइयो । तर त्यसको प्रभावकारी सञ्चालनमा समस्या देखिएको छ । भ्रष्टाचार, कमिशनतन्त्र र राजनीतिक हस्तक्षेपले संघीयताप्रति निराशा बढाउने मुख्य कारण बनेको छ । विभिन्न घोटाला जस्ता काण्डहरूले थप असन्तोष जन्माएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सह–अध्यक्ष एवं पुर्व मन्त्री रेणु यादवले, देशको भविष्यबारे प्रश्न उठाउँदै लोकतान्त्रिक प्रक्रियालाई नै सबैभन्दा सुन्दर व्यवस्था भएको बताइन । नेपालको इतिहास हेर्दा जनताले विभिन्न आन्दोलन मार्फत व्यवस्था परिवर्तन गर्दै आएका छन् । चाहे त्यो राणा शासनको अन्त्य होस्, पञ्चायत हटाएर बहुदलीय व्यवस्था ल्याउनु होस्, वा गणतन्त्र स्थापनाका लागि भएको संघर्ष होस् ।
यी आन्दोलनहरूमा कंयौँ नागरिकले आफ्नो जीवन उत्सर्ग गरेका छन् । जसको सम्मान गर्न वर्तमान नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्न आवश्यक भएको उनले बताइन् । अबको प्रश्न भनेकै कुन शासन प्रणालीले देशलाई समृद्ध बनाउँछ ? लोकतान्त्रिक प्रक्रियालाई नै सर्वोत्तम भनेका छन्, जसको अर्थ नीति निर्माणदेखि सरकार सञ्चालनसम्म जनताको सहभागिता भएको हुन्छ उनले प्रस्टाइन ।
सो अवसरमा जसपा बागमती प्रदेश अध्यक्ष जय गोलेले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई जोगाउन प्रदेशस्तरीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रदेश समितिको क्रियाशीलताबारे जानकारी गराए । उनले पुर्नउत्थानवादी शक्तिहरूलाई परास्त गर्न जनस्तरबाट सचेतना अभियान चलाउन आवश्यक रहेको उनले औंल्याए ।
कार्यक्रममा जसपाका विभिन्न नेताहरूले हाल देशमा देखिएका राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीहरूबारे आ–आफ्नो धारणा राख्दै सरकारको कार्यशैलीप्रति आलोचना गर्दै संघीयता विरोधी गतिविधिहरूलाई निष्क्रिय पार्न सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
जसपा बागमती प्रदेश अध्यक्ष जय गोलेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एवं पुर्व मन्त्री इस्तियाक राइ, समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण राय, उपाध्यक्ष तबरेज अहमद, पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादव लगायत कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी थापाले राखेकी थिइन् । भने उदघोषण अर्जुन कुवरले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।