हर्षोल्लास एवं भक्तिभावका साथ रामनवमी पर्व मनाइदै

0 Shares
रौतहट, २४ चैत । आज चैत्र शुक्ल नवमी तिथि अर्थात मर्यादा पुरुषोत्तम भगवानको जन्म दिनलाई रामनवमी पर्व आज रौतहट सहित विश्वरभरी श्रद्धा भक्तिका साथ भगवान श्री रामचन्द्रको पुजा अराधना गरेर मनाइरहेका छन् ।
हाल भारतको उत्तर प्रदेश स्थित अयोध्यामा त्रेतायुगका राजा दशरथ र महारानी कौसल्या देवीको जेष्ठ सुपुत्रका रुपमा भगवान विष्णुको सातौं अवतारको रुपमा रामचन्द्रले जन्म चैत्र शुक्ल नवमी तिथिकै दिन भएका थिए ।
विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्र मध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको इतिहासिक धर्म ग्रन्थमा उल्लेख रहेको छ ।
“रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ, वा राम राज्यको कल्पना गर्न सकिने छ” ।
रौतहटको गौर, राजदेवी, माधवनारायण, गढिमाई, वृन्दावन, चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, मौलापुर, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, राजपुर, परोहा, इशनाथ नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकाको विभिन्न स्थानमा भगवान रामचन्द्रको जन्म भएको रामनवमीको दिनमा रामधुन, रयाली, किर्तन, भजन तथा विभिन्न भक्तिभावमा सज्जिएर भव्यताका साथ रामनवमी मनाउनमा सनातनीहरु व्यस्त रहेका छन् ।
आज दिउसो गौरको राइस मिल्सबाट शोभा यात्रा निकाल्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।