“नगरप्रमुख र जनता संग प्रत्यक्ष संवाद कार्यक्रम” मा स्थानीयहरुले खुलेर समस्या एवं गुनासोहरु बलराका नगरप्रमुख कुशवाहा समक्ष राखे

0 Shares

एके सिंह
बलरा (सर्लाही), २४ चैत । सर्लाहीको बलरा नगरपालिकाद्वारा आयोजित “नगरप्रमुख र जनता संग प्रत्यक्ष संवाद कार्यक्रम” मा स्थानीयहरुले खुलेर आ आफनो गुनासोहरु राखेका छन् ।
बलरा नगरपालिका वडा नम्वर ३ मा आईतवार आयोजित “नगरप्रमुख र जनता संग प्रत्यक्ष संवाद कार्यक्रम” मा उक्त वडाका बासिन्दाहरु नगरप्रमुख रामाशंकर कुशवाहा समक्ष समुचित बाटोघाटो, खानेपानीको व्यवस्थापन, ढल निकास, शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समाधान गर्नुपर्ने माग राख्दै गुनासोहरु गरेका हुन् ।
वडाका बासिन्दाहरुद्वारा व्याप्त समस्या एवं गुनासाहरुलाई सम्बोधन गर्दै नगरप्रमुख कुशवाहाले यस वडामा व्याप्त रहेका समस्याहरुलाई पहिचान गरी प्राथमिकताको सूचीमा राखेर समाधान गर्दै जाने प्रतिबद्धता जनाए ।
वडा नम्वर ३ का किसानहरुलाई सिंचाईको सुविधा नहुँदा यसमाथि चाँडै समस्यालाई समाधान गर्नुपर्ने कुरा नगरप्रमख समक्ष उठाए । खेतीपाती गर्न किसानलाई कुनै सुविधा नभएकोमा सिचाइको उपयुक्त व्यवस्थापन गर्न माग राखे ।
वडा नम्वर ३ मा कृषि उत्पादन बढाउन सिचाइ व्यवस्थित बनाउन आफू सक्रिय रहेको बताउदै नगरप्रमुख कुशवाहाले विद्युतिय सिंचाईलाई सुधार गर्न सम्बध निकायसँग समन्वय गर्ने आश्वासन दिए । जनताका गुनासो समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता हो नगरप्रमुख कुशवाहाले भने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।