रौतहट जिल्लामा ट्राफिक व्यवस्थापन गञ्जागोल

0 Shares
तराई टप डेष्क
रौतहट, २६ चैत । रौतहट सदरमुकाम गौर देखि लिएर जिल्लाको ग्रामिण भेगका बजारिया स्थानहरुमा ट्राफिक व्यवस्थापन गञ्जागोल अवस्थामा छन् ।
सवारी साधन पार्किंग गर्ने देखि लिएर सडकमा गुड्ने सवारी साधानहरुमा बढ्दै गएको अव्यस्थितताको जिम्मेवारी कसले लेला ? समग्र रुपमा रौतहट जिल्लाको ट्राफिक व्यवस्थापन अत्यन्तै फितलो, चेकिंगको नाममा राजस्व असुल बाहेक कुनै ठोस कार्य नभई यहाँको ट्राफिक व्यवस्थापन भद्रगोल हुँदै गञ्जागोल अवस्थामा पुगेका हुन् ।
बाईकमा तिन जना बसेको, हेलमेट प्रयोग नगरेको, कागजपत्र अप टु डेट नभएको जस्ता कार्यलाई तिव्रताका साथ चेकजाँच गर्नुपर्नेमा त्यसो नगरी भुस, राँगा, लगायतका विभिन्न मालबाहक ट्रक ट्रेक्टरहरु ओभरलोड गरेर गईरहदा प्रायः चेकिंगमा रोकिने गरिन्छ र त्यहाँ रहेका ट्राफिक संगको भलाकुसारी पश्चात गन्तव्य तर्फ लाग्ने कार्य नै मुख्य रहेको पाइएका छन् ।
यति मात्रै नभई सदरमुकाम गौरमा प्रहरीको नाककै अगाडी अबैध अटो रिक्सा पाकिंग गरिएका छन् । भारतीय नम्वर प्लेटको सवारी साधनहरु ब्यारेक मैदानमा पाकिंग गरिने र त्यहाँबाट यात्रुलाई बोकेर सीमापारी लग्ने र ल्याउने कार्य भईरहेको छ ।
गौरको सडकमा अव्यस्थित एवं जथाभावी रुपमा सवारी साधनहरु पार्किंग गरिदा व्यवसायीहरु मर्कामा पर्दै गएका छन् भने यसबाट दिनहुँ दुर्घटनाको जोखिमहरु निमत्यादै गएको गुनासो व्यवसायीहरुको छ । अस्पताल चोक, अदालत चोक, नेपाल लज, ट्रान्समिटर चोक, भन्सार एरिया, विपी चोक सहितका स्थानहरुमा अव्यस्थित रुपमा खडा गरिने सवारी साधनबाट सर्वसाधारणहरु दिक्क भईसकेको भएपनि त्यसलाई सुधारको तर्फ खासै ध्यान पुर्याउन सकेका छैनन् ।
गौर बाहेक झुनखुनवा, शुकदेव चोक, जयनगर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुर समेतमा समुचित रुपमा ट्राफिक प्रहरीहरु आ आफना काम कत्र्तव्यको पालना नगर्दा रौतहटमा ट्राफिक व्यवस्थापन गञ्जागोल अवस्था पुगेका छन् ।
त्यती मात्रै नभई गौरमा चल्ने इ रिक्सा एवं अटो रिक्सा संचालकहरु प्रति महिना एक हजार देखि पन्द्रह सय सम्म रकम संघका अध्यक्ष सुरेन्द्र साहलाई दिने गर्दछ तर हाल सम्म इ रिक्सा एवं अटो रिक्साको हक हितमा कुनै सकारात्मक कार्य नभएको र राम्ररी पार्किंगका व्यवस्थान नभएको गुनासो एक इ रिक्साको चालकले गरे । सदरमुकाम गौरमा डेढ सय भन्दा बढि नेपाली प्लेटका अटो रिक्सा र इ रिक्सा गुडिरहेको र एक सयको हाराहारीमा भारतीय अटो रिक्सा कुदिरहदा पनि सबैको लेखाजोखा गरिने हो भने महिनाको तिन देखि चार लाख रुपैया सम्म असुल भईरहेको हुँदा आखिर उक्त रकम कसलाई र कहाँ जान्छन त्यसको कुनै लेखाजोखा छैनन् ।
यस विषयमा जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका इन्सपेक्टर लोकेन्द्र अधिकारीले जिल्लामा ट्राफिक व्यवस्था राम्रो रहेको, सामान्य रहेको, हाम्रो कार्य बाटो खुलाउने हो, पार्किंगको कार्य नगरपालिकाको रहेको हुँदा त्यो हाम्रो प्राथमिकतामा पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।