भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानको दुई दिवसिय नेपाल भ्रमण महत्वपूर्ण र फलदायी भएकोः भारतीय राजदूतावासको ठहर

0 Shares
रौतहट, २८ चैत । भारत सरकारका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान नेपालको दुई दिने औपचारिक भ्रमणको शिलशिलामा काठमाडौं आउनु भएको छ ।
हिजो काठमाडौंमा आयोजित तेश्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्री स्तरिय बैठक (तेश्रो बिएएमएम) मा सहभागिता जनाउनका लागि चैत २६–२८ सम्म नेपालको औपचारिक भ्रमणमा काठमाडौं आउनु भएको भारतीय राजदूतावासले जनाएको हो ।
उक्त बैठकमा विगत एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवद्र्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण फोरमको रुपमा विकसित भएको प्रेषित विज्ञप्तीमा भनिएको छ । खास गरेर “कृषि र खाद्य सुरक्षा” लाई बिम्स्टेक सहयोगको मुख्य क्षेत्रहरु मध्येको एक हो ।
यसले क्षेत्रीय कृषि सहयोगलाई बढावा दिन सर्वोच्च निर्णय लिने निकायको रुपमा रहेको बिएएमएमको यस बैठकले मत्वपूर्ण निर्णय गरिने बताइएको छ । यसको पहिलो बैठक २०७६ साल असार २७ गते म्यानमानरमा भएको थियो भन्ने दोश्रो बैठक २०७९ साल कात्र्तिक २४ गते भारतमा भएको थियो ।
नेपालको राजधानी काठमाडौंमा तेस्रो बिएएमएमको बैठकमा कृषि मन्त्रीहरूले मत्स्यपालन र पशुपन्छी सहयोग सहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने सुरक्षित तरिका र माध्यमहरुलाई विकसित गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।
भ्रमणको क्रममा हिजो भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री चौहानले आफ्ना नेपालका समकक्षी कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग द्विपक्षीय बैठक गरे । उनले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा आफ्ना समकक्षीलाई बधाई समेत दिएको भारतीय राजदूतावास काठमाडौंबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षाको साथै थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गरे ।
भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोग सम्बन्धी समझदारी पत्रमा दुवै मन्त्रीहरूले हिजो हस्ताक्षर गरे ।
उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाइएको छ ।
नेपाल र भारत बीच उक्त सम्झौताले २०४८ मंसिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।
भारतीय मन्त्री चौहानले मन्त्रीले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरिएको जनाइएको छ । भेटको क्रममा भारतको नेतृत्वको तर्फबाट अभिवादन व्यक्त गर्दै भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको बारेमा छलफल गरे । जसले ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता–जनताबीचको सम्बन्धमा गहिरो जरा गाडेको उल्लेख गरिएको छ ।
कृषिका विभिन्न क्षेत्रहरूमा भारत–नेपाल सहयोगलाई थप सुदृढ पार्ने विभिन्न विधि एवं उपायहरु वारे वृहद रुपमा छलफल भएको जनाइएको छ ।
तेस्रो बिएएमएममा सहभागिता जनाउन तथा अन्य प्रमुख द्विपक्षीय भेटघाटहरू गर्न भारतीय कृषि तथा किसान कल्याण मन्त्री चौहानको नेपाल भ्रमणले दुई देशहरूबीच हुने नियमित उच्च–स्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ । यसले विशेष गरी कृषि र सम्बन्धित क्षेत्रहरूमा हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढावा दिन मद्दत गरेको राजदूतावासद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।