भारत तर्फ तस्करीका लागि ल्याइएका स्याउ सर्लाही प्रहरीले समातेर राजस्व कार्यालय पथलैया बुझाइयो

0 Shares
सर्लाही, २८ चैत । भारत तर्फ तस्करीको माध्यमबाट पठाउनका निमित्त सर्लाहीमा भित्रयाइएका स्याउ लोड भएका ट्रकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
बरहथवा नगरपालिका वडा नम्वर ११ हिरापुर ब्यारेज स्थित नयाँ रोड मधुबनी सडक खण्डमा ना. ४ ख. ७१५० नम्बरको ट्रकलाई गत २६ गते साँझ ५.५० बजेको समयमा प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा कन्टेनर ट्रकभरी नै स्याउ फेला परेपछि नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाद्वारा विहिवार जारी प्रेस विज्ञप्तीमा स्याउ सहितका ट्रक भन्सार छलेर भारत तर्फ जान लागेको प्राप्त सुराकको आधारमा उक्त ट्रकलाई नियन्त्रणमा लिदा करिव १४ लाख ४० हजार मूल्य बराबरको उक्त स्याउ बरामद गरिएको छ ।
ट्रक चालक पर्सा जिल्ला जिरा भवानीपुर गापा २ का ३६ बर्षीय संजय चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान पश्चात स्याउ लोड ट्रक सहित चालक चौधरीलाई कारवाहीका लागि मलंगवा भन्सार कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
स्मरणीय छ की, भारत तर्फ तस्करीका लागि सर्लाही ल्याइएका स्याउ थिए । स्याउको कारोवार गर्ने कारोवारीहरु संग कुरा नमिलेर स्थानीय प्रहरीले ट्रक नियनत्रणमा लिएको श्रोतले बतायो । २४ घण्टा सम्म स्याउ छाड्न निकै कसरत चलिरहयो तर उक्त कुरा बाहिर आइसकेको हुँदा सर्लाही प्रहरीले स्याउके ट्रक छाड्न हिम्मत नगरेको अन्ततः मलंगवा भन्सार कार्यालयमा बुझाइएको उक्त श्रोतले जानकारी दिए ।
सर्लाहीको सीमानाकाहरुबाट व्यापक मात्रामा चाइनिज स्याउको तस्करी भईरहेका छन् भने उक्त कार्यमा सुरक्षाकर्मीहरुको सेटिंगमा कारोवार हुदै आएको ति श्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।