आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन

0 Shares
काठमाडौं, २८ चैत । आम जनता पार्टी (आजपा) ले देश लुटेर भाग्ने भगौडाहरुको नाम सार्वजनिक गर्ने निर्णय सहित केन्द्रीय कमिटी विघटन गरेको छ ।
आजपा केन्द्रीय कमिटी विघटन गरेर प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
कोटेश्वरमा बसेको आजपा स्थायी कमिटी बैठकले महाधिवेशन कमिटी गठन गर्ने निर्णय गरेको छ । यस्तै तेस्रो जनआन्दोलनलाई सफल बनाउन जिल्ला, पालिकाहरुमा सर्वपक्षीय भेलाबाट जनआन्दोलन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
महाधिवेशन सम्मका लागि विघटित पदाधिकारीहरू अब केन्द्रीय कार्यालय सदस्य हुने, स्थायी कमिटीका सदस्यहरू सचिवालय सदस्य हुने र केन्द्रीय सदस्यहरु स्वतः केन्द्रीय आयोजक सदस्यको रूपमा रहने निर्णय गरिएको छ,’ आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकले दलाल दलतन्त्र र नेताहरूको लुट–भ्रष्टाचारको भण्डाफोर गर्ने र देश लुटेर भागने भगौड़ा दलालहरूको नामावली सार्वजनिक गरी अवैध सम्पत्ति राज्यलाई बुझाउने निर्णय गरेको छ ।
‘भगौड़ा दलाल वर्गको पक्षपोषण गर्ने वर्तमान संवैधानिक व्यवस्था र नेताहरुको कुकर्मले आज जनतामा चरम निराशा, अविश्वास एवं आक्रोश बढ्दै गएको सन्दर्भमा मुलुकलाई सम्भाव्य दुर्घटनाबाट जोगाउन तत्काल दलाल दलतन्त्र विरुद्धको तेश्रो जनआन्दोलनलाई सफल तुल्याउनुको विकल्प नरहेको निष्कर्ष निकाल्दै घोषित जनआन्दोलनको दोश्रो चरणको कार्यक्रमलाई अगाड़ी बढ़ाउने निर्णय गरेको छ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै बैठकले सिंहदरबार घेराउ गर्ने निर्णय संगै गणतन्त्र दिवसको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न आउदो १५ जेठमा सिंहदरबार घेराउ गर्ने निर्णय भएको आजपा नेता बालकृष्ण सापकोटाले जानकारी दिए ।
यस्तै बैठकले गत २४ गते काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, अनियमितता एवं लुट बिरुद्ध भएको तेस्रो जनआन्दोलन सभा एवं विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ । बैठकले आन्दोलनका पछिल्लो कार्यक्रम सफल भएको र दोस्रो चरणको आन्दोलनका बिभिन्न कार्यक्रम तय गरेको छ । आन्दोलनका कार्यक्रममा साथ सहयोग गर्नेलाई बैठकले धन्यवाद व्यक्त गरेको जनाइएको छ ।
यसैगरी काठमाडौं लगायतका स्थानहरुमा कबाड, सुकुम्बासी, गार्मेण्ट, खुद्रा व्यापारी, मजदुर लगायतका श्रमजीवीहरुको पक्षमा तथा महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू लगायतका सीमान्तकृत एवं अल्पसंख्यक शोषित उत्पीडित आम जनताको अधिकार, पहिचान र सम्मानका लागि जारी संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आम जनता निर्णायक संघर्ष गरिरहेको सन्दर्भमा प्रतिक्रियावादी शक्तिहरुलाई उत्साहित गर्ने र नेतृत्वसंग विश्वासघात गरी पार्टी एवं आन्दोलन प्रति गद्दारी गर्ने उपेन्द्र साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।