सर्लाही, २९ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मिर्चैया बजार स्थित ट्रकको ठक्करबाट १७ बर्षीया किशोरीको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ९ मिर्चैया बजार स्थित बाँके संग्राम्पुर सडखण्डमा श्रीनगर धनकौल तर्फ जाँदै गरेका ना. ५ ख. ३८५८ नम्वरको खाली ट्रकले विपरित दिशाबाट आउदै गरेका साइकल यात्री इश्वरपुर नगरपालिका वडा नम्वर १३ श्रीनगर बस्ने रामदुलार महतोको १७ बर्षीय छोरी अंजलीकुमारी महतोलाई शुक्रवार विहान ९.१५ बजेको समयमा ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
साइकलमा पछाडी सवार महतोको १५ बर्षीया बहिनी पुजा महतो सामान्य चोट लाग्दा स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
घटनाको खबर पाउना साथ प्रहरी चौकी गौरीशंकर र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी टोलीले ठक्कर दिने ट्रक र हरिवन नगरपालिका १० ताईवन टालका ३१ बर्षीय लक्ष्मण विकलाई प्रहरीले नियन्त्रणमा लिएरको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
मृतक किशोरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाइएको तथा दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी राईले भने ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट