तराई मधेशमा हर्षोल्लासका साथ जुड शीतल पर्व मनाइदै

0 Shares
रौतहट, २ वैंशाख । नयाँ बर्षको आगमन संगै आज तराई मधेशका जिल्लाहरुमा जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
नव बर्ष २०८२ को भोली पल्ट अर्थात सतुआन पछि शुद्धता, शान्ति, प्रकृतिप्रेम, चढ्दो गर्मीमा शीतलता प्रदान गर्नुका सार्थ सामाजिक सदभावको प्रतिकको रुपमा रहेका जुडशीतल पर्व तराई मधेशभरी हर्षोल्लासका साथ मनाईरहेका हुन् ।
आज विहानै बासी पानी अर्थात चिसो पानीले घरका जेष्ठ अभिभावकले सबै सदस्यको टाउकोमा पानी राखेर शुद्धीकरण गर्दै बर्ष भरी नै शीतलता रहोस भन्ने कामना गरिने चलन रहेको छ । त्यतीमा नभई घर वरपर बोट विरुवा, तुलसी चौरा, लगायतका स्थानहरुमा उत्साहका साथ चिसो पानी राख्ने चलनलाई नै जुडशीतल भनिन्छ ।
करिव दुई दशक अगाडी आजको दिनलाई (कादोमाटी) भन्ने गरिन्थ्यो । घरवरिपरीका खाल्डा खुल्डीमा जमेका पानी, हिलो, मानिसहरुको जिउमा छ्याप्ने प्रथा थिए तर समय परिवर्तन संगै उक्त प्रथा एवं चलनको लोप भईसकेका छन् । आजको दिनमा घर बाहिर दिउसा सम्म निस्कदैन्थ्यो ।
यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिनमा पानीमा हालेको बासी भात संगै कढीबढी विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।
प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एक शुभकामना सन्देश जारी गर्दै आजको जुडशीतल सिरुवा पर्वको अवसरमा प्रदेशवासीको मंगलमय रहोस भने कामना गर्दै सभ्य एवं भव्य रुपमा जुडशीतल पर्व मनाउन शुभकामना दिए ।
प्रदेश सरकारले आजको दिनमा सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।