रौतहट, ३ वैंशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वीरगञ्जमा भड्कीएका दुई पक्षिय तनावलाई शान्त बनाउन र दोषीलाई कारवाही गर्न असक्षम भएका नेपाल सरकार प्रति कटाक्ष गरेका छन् ।
आजपा अध्यक्ष साहले समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वीरगञ्जमा सरकारले सामाजिक सदभाव एवं अमनचैन कायम गर्न गम्भीर नदेखिएकोमा दुख व्यक्त गरेका हुन् ।
विगत पाँच दिनदेखी वीरगंजमा साम्प्रदायिक तनाव एवं कफ्र्यूकोे सकसका बीचमा बाचिरहदा समेत सरकार किन कानमा तेल हालेर सुतेको होला भन्दै उनले प्रश्न गरे । “वीरगञ्जवासी लगातार ५ दिनदेखि साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा बाचिरहदा सरकार कानमा तेल हालेर किन सुतेकोहोला ? वीरगंजबाट ३÷३ वटा संघिय मन्त्री रहेका ओली सरकारले वीरगञ्जबासीको पिड़ादायी अवस्थाप्रति गम्भीर नदेखिनु दुःखद हो,” आजपा अध्यक्ष साहले लेखेका छन् ।
देशको आर्थिक राजधानी एवं प्रमुख शहरको जनजिवन दिनदिनै विग्रदै गएको भए पनि सरकार मौन बस्नु लजास्पद रहेको टिप्पणी साहले गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वीरगंजबाट नेकपा (एमाले) का नेता राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानून मन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव खानेपानी मन्त्री रहेपनि वीरगञ्जका अवस्था झन् खराब रहेका छन् ।
संघीय सरकारमा रहेका यि मन्त्री सहित स्वयम प्रधानमन्त्री समेत वीरगंज घटनाप्रति उदासिन हुनु दखद भएको बताउदै आजपा अध्यक्ष साहले वीरगंजमा सामाजिक सदभाव एवं अमनचैन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराए ।
“वीरगञ्जमा सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न नेपाल सरकारको बिशेष पहलकदमीको माग गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाही एवं पीडÞितलाई न्याय दिलाउन गम्भीर ध्यानाकर्षण गराउदछु,” आजपा अध्यक्ष साहले भने ।
हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्रका क्रममा हिन्दु र मुस्लिम समुदायका बीचमा झड्प भई सामाजिक सदभाव विग्रेको हो । प्रशासनले आश्रुग्यास सहित कफ्र्यू समेत लगाएको थियो । तर अहिले पनि वीरगंजको सामाजिक सदभाव कायम भएको छैनन् ।
पछिल्लो समय भएको हिजो भएको घटनामा दुई पत्रकार समेत घाईत भएका छन् । आजपा अध्यक्ष साहले उनीहरुको स्वास्थ्यलाभको कामना समेत गरे । यथासिघ्र वीरगंजको सामाजिक सद्भाव एवं अमनचैनका लागि सरकारले पहल गरोस् भन्ने माग समेत उनले गरे ।