रौतहट उद्योग वाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन

0 Shares
फोटो क्याप्सनः मंगलवार राति गौर नपा ५ मा सशस्त्र प्रहरीका डिएसपीद्धारा गरिएका दुव्र्यवहारको विषयलाई लिएर रौतहट उद्योग वाणिज्य संघले बुधवार प्रमुख जिल्ला अधिकारी मदनकुमार खड्का समक्ष ज्ञापन पत्र बुझाउदै व्यापारीहरु । तस्वीर तराई टप
रौतहट, ३ वैंशाख । रौतहट उद्योग वाणिज्य संघले व्यापारी व्यवसायी माथि भएको दुव्र्यवहारको घटनालाई लिएर बुधवार अपरान्ह् प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा संघका पदाधिकारीहरु सहित व्यापारी जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का संग भेटेर मंगलवार राति सशस्त्र प्रहरीका डिएसपीद्वारा गरिएको दुव्र्यवहारको जानकारी गराउदै त्यस्ता कार्य गर्नेलाई आवश्यक कारवाही गर्न ज्ञापन पत्र बुझाउदै जोडदार रुपमा माग गरेका हुन् ।
गएराति साढे ८ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ५ स्थित नेपाल लज छेउमा निताई कस्मेटिक पसल संचालन गरेका शनी केसरीले नेपाली उत्पादन पतंजली सहितका नेपाली सामानका डिलरसिप संचालन गरिरहेको पसल अगाडी पार्किंगमा रहेका उनका पिकमा अनलाई भ्याट विल काटिएका सामानहरुलाई बलजफती लिएर हिड्न दवाव दिदा स्थानीयहरु भेला भएर सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेत सिभिलमा रक्सीले मातिएका अवस्थामा थिए । स्थानीयहरु आक्रोशित बन्दै डिएसपीलाई समातेर मेडिकल जाँच गराउन भन्ने वित्तिकै उनीहरु गाडी छाडेर कुलेलम ठोकेका थिए ।
सोही घटनालाई लिएर त्रसित बनेका व्यापारीहरु उद्योग वाणिज्य संघको माध्यमबाट प्रमुख जिल्ला अधिकारी खड्का समक्ष ज्ञापन पत्र बुझाएर समस्याहरु राखे । सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेतले राति भएको घटना प्रति हामी आफै सम्बेदनशिल रहेका छौं, ति विषयमा अनुसन्धान गरिरहेका छौं, कमिकमजोरी भएको स्वीकार गरे ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले लिगल रुपमा काम गर्ने व्यापारीलाई प्रोत्साहित गर्नुपर्ने तर नहुनुपर्ने कार्य भएकोमा हामी आन्तरिक रुपमा सम्बोधन गर्ने आश्वासन दिए । व्यापार राम्ररी गर्नुस, राज्यलाई कर तिर्ने व्यापारीहरुलाई सम्बध निकायले प्रोत्साहित गर्ने गर्दछ, हाम्रा कुनै अंगबाट कमिकमजोरी भएको छ भने त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाउदै तपाईहरु पनि त्यस घटनालाई अतिरंजित नबनाइदिन उनले आग्रह गरे ।
ज्ञापन पत्र बुझाउनमा अध्यक्ष संगै महासचिव रबी प्रसाद गोपाली सहितका पदाधिकारीहरु, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, प्रतिष्ठित व्यापारी सन्तोष केसरी सहित एक दर्जन भन्दा बढि व्यापारी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।