मुख्यमन्त्री सतिश सिंह एक्सनमा, बरहथवामा संचालित सबै ११ अस्पताल बन्द गर्ने निर्देशन

0 Shares
सर्लाही, ४ वैंशाख । अनुमती नै नलिएर स्वास्थ्य सेवा ऐनको बर्खिलाप गरेर सर्लाहीको बरहथवा बजारमा अस्पताल संचालन गर्दै आएका ११ अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।
सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड अनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएको बरहथवाका सम्पूर्ण ११ वटै निजी अस्पताललाई मुख्यमन्त्री सिँहले बन्द गर्ने निर्देशन दिएका हन् ।
स्वास्थ्य सेवा ऐनको बर्खिलाप गरेर संचालनमा रहेका स्वास्थ्य संस्थाहरुमा संकटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक रहेका मुख्यमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
बुधबार अबेर साँझ बरहथवा स्थित स्वास्थ्य संस्थाहरूको अनुगमनको क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधान विपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
बन्द गराइएका स्वास्थ्य संस्थालाई प्रदत कानुन अुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए ।
यसअघि मुख्यमन्त्री सिँहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवन लगायतका ठाउँमा स्वास्थ्यसंस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड विपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।