नागरिकताको प्रतिलिपि लिन १५ देखि २० दिनको समय लाग्ने गरेको सेवाग्राहीको गुनासो

0 Shares
सर्लाही, ५ वैंशाख । सहज, सरल एवं छिटोछरितो रुपमा सेवाग्राहीलाई सेवा प्रवाह गर्ने राज्यको नीति भएपनि जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा प्रतिलिपि बनाउनमा मात्रै १५ देखि २० दिनको समय लाग्ने गरेको गुनासो सेवाग्राहीहरुले लगाएका छन् ।
मलंगवा देखि पश्चिम र पूर्वमा रहेका विभिन्न स्थानीय तहका नागरिकहरुले नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय मलंगवामा जाँदा १५ देखि २० दिन सम्मको समय लाग्ने गरेको कुरा एक जना सेवाग्राहले आफनो समाजिक संजाल फेसबुकमा उक्त समस्यालाई साझा गरेका हुन् ।
उदयकान्त मिश्राले फेसबुकमा लेख्नु भएको छ, यो दृष्य जिल्ला प्रशासन कार्यालय सर्लाहीको हो । २०५८÷०५९ सालमा तत्कालिन माओवादी द्वन्दका समयमा माओवादीले आगजनी गरी सम्पूर्ण सरकारी कागजातहरु नष्ट गर्दा आज पनि आम जनताहरुको धेरै कष्ट दुख व्यहोर्दै आएको छ ।
त्यस समयमा आगजनी भएर कागजातहरु नष्ट माओवादीले गर्दा समेत पछिका दिनमा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट राम्रो सेवा प्रवाह भईरहदा पनि दक्षिणी भेगमा रहेका पालिकाहरुका नागरिकहरु जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता वा प्रतिलिपि बनाउन जाँदा अनावश्यक रुपमा १५ देखि २० दिनको समय लाग्ने गरेको हुँदा सेवाग्राहीहरु परेशान एवं हैरान हुने गरेको पिडा समाजिक संजालमा पोख्नु भएको छ ।
उनले अगाडी लेख्छन् सुविधा सबैलाई चाहियो, पश्चिमी भेग बलरा र पुर्वी भेग हरिपूर्वामा इलाका प्रशासन कार्यालयको स्थापन गर्दा त्यस भेगका नागरिकहरुलार्य सेवा सुविधा पुग्ने आम जनताहरुको चाहना रहेको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी तुल्सि बहादुर श्रेष्ठ संग वास्तविकता बुझन मोवाइलमा फोन गर्दा उनको फोन रिसिभ भएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।