गौर भन्सार कार्यालयमा व्यवसायी एवं व्यापारीहरुद्वारा शान्तिपूर्ण धर्ना प्रदर्शन

0 Shares
रौतहट, ७ वैंशाख । गौर भन्सार कार्यालयमा कृषि र फुड क्वारेन्टाइनको माग राख्दै व्यावसायीहरुद्वारा आज आईतवार देखि धर्ना प्रदर्शन सुरु गरेका छन् ।
स्थानीय व्यवसायी एवं व्यापारी कौशल साहको नेतृत्वमा व्यापारीहरु गौर भन्सार कार्यालयको मुख्य गेटमा आज देखि धर्ना प्रदर्शन कार्यक्रम सुरु गरेका हुन् ।
गौर भन्सार कार्यालयमा कृषि तथा फुड क्वारेन्टाइनको अभावमा यहाँका व्यापारी व्यावसायीहरुलाई वीरगञ्ज र सर्लाही गएर झन्झटिलो भईरहदा पटक पटक सम्बध निकायलाई ध्यानाकर्षण गराउदा समेत कुनै वास्ता नगरेपछि रौतहटका व्यापारी व्यवसायीहरु गत चैत ३१ कौशल साहको नेतृत्वमा भन्सार कार्यालय प्रमुख मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
अर्थ मन्त्री सहित सम्बध निकायलाई वैंशाख ६ गते सम्म समस्या समाधान नगरिए वैशाख ७ देखि १५ गते सम्म शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गर्ने र वैशाख १६ गते देखि अनिश्चितकालिन भन्सार कार्यालयमा तालाबन्दी गर्ने बुझाएका ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको थियो ।
सोही अनुसार आज देखि व्यापारी व्यवसायीहरु कौशल साहको नेतृत्वमा आज दिउसो १२ बजे देखि धर्ना प्रदर्शन कार्यक्रम सुरु गरेको छ । व्यवसायी साहका अनुसार रौतहट जिल्लामा रहेका व्यवसायीहरुलाई खाद्यान्न, फलफुल, आलुप्याज, तरकारी लगायतका सामानहरु भारतबाट ल्याउदा गौर भन्सारमा कृषि र फुड क्वारेन्टाइनको अभावमा वीरगञ्ज भएर ल्याउदा ढुवानी खर्च बढि हुँदा सोको मर्का व्यापारीहरुलाई बेहोर्नु परेको हुँदा यहाँका व्यापार व्यवसायलाई माथि उकास्न उक्त क्वारेन्टाइन स्थापना हुनु नितान्त आवश्यक रहेको छ ।
यस क्षेत्रका पुरानो भन्सार कार्यालय मध्येका गौर भन्सार कार्यालयको स्थापना २०३३ सालमा भई आयात निर्यातको कार्य सहुलियत पूर्वक हुँदै आएपनि नेपाल सरकारको उपेक्षाको शिकार बनेको कारण यहाँका व्यापार क्षेत्र धारासायी हुँदै गएको बताउदै व्यवसायी साहले गौर भन्सार कार्यालयको बार्षीक लक्ष्य समेत प्रभावित समेत हुँदै आएपनि सम्बध निकाय उदाशिन रहदा बाध्य भएर हामी सम्पूर्ण कार्य छाडेर शान्तिपूर्ण धर्नामा बस्नु परेको दुखेसो पोखे ।
आज १ घण्टा धर्ना बस्दै भोली देखि क्रमशः एक एक घण्टा थप हुँदै जाने धर्नामा बसेका व्यवसायीहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।