नयाँ दिल्ली, १० वैशाख । नेपाली सहित २६ जना पर्यटकलाई दक्षिण कश्मिरमा आतंकवादीहरुले गोली हानेर हत्या गरिएको कार्य प्रति अन्तरराष्ट्रिय जगतबाट उक्त घटनाको घोर निन्दा गरिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्री एस जयशंकर सँग साउदी अरेबियाबाट पहलगाममा भएको आतंकवादी हमला पछिको स्थितिको समीक्षा गर्न दिल्ली एयरपोर्टमा भेट गरेका छन् ।
मंगलवार हलगामको पर्यटकिय स्थलमा क्रुर आतंकवादीहरुद्वारा २६ जनालाई गोली हानेर विभत्स मृत्यु गरेको विषयमा प्रधानमन्त्री मोदी साउदीको भ्रमण बीचमै स्थगन गरी स्वदेश फर्किएका हुन् ।
आतंकवादी हमलामा फर्किएपछि अधिकारीहरूले मोदीलाई तुरुन्तै जानकारी दिएका थिए जसले देशभर आक्रोश र उक्त घटनालाई लिएर विश्वका नेताहरुले निन्दा गरेको छ ।
मंगलबार दक्षिण कश्मीरको पहलगाममा रहेको प्रमुख पर्यटकीय स्थानमा आतंककारीहरूले आक्रमण गर्दा कम्तीमा २६ जनाको ज्यान गएको थियो, जसमा धेरैजसो पर्यटक थिए र कैयौं घाइते भएका थिए । मृत्यु हुनेमा युएई र नेपालका दुई विदेशी र दुई स्थानीय रहेका छन् ।
२६ जनाको शव बुधबार बिहान श्रीनगरको सरकारी मेडिकल कलेज (जीएमसी) ल्याइयो र त्यसपछि पुलिस कन्ट्रोल रुममा लगियो जहाँ गृहमन्त्री अमित शाहले माल्यार्पण गरे । गएराती श्रीनगर पुगेका गृहमन्त्री शाहले आक्रमणमा बालबाल बाँचेकाहरूलाई आश्वस्त पारेका छन् कि घृणित कार्यका दोषीहरूलाई न्यायको कठघेरामा ल्याइने आश्वासन दिएको अधिकारीहरुले भने ।
जम्मु कश्मीर सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
महानिरीक्षकको नेतृत्वमा रहेको एनआईए टोली हिजोको भयानक आतंकवादी हमलाको अनुसन्धान गर्न स्थानीय पुलिसलाई सहयोग प्रदान गर्न पहलगाम तर्फ प्रस्थान गरिसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कायरतापूर्ण हमलालाई मध्यनजर गर्दै अर्थमन्त्री निर्मला सीतारमणले अमेरिकाको आफ्नो औपचारिक भ्रमण स्थगित गरेकी छन् । सीतारामन प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको सुरक्षा सम्बन्धी पाँच सदस्यीय क्याबिनेट समितिको सदस्य हुन् ।
कायरतापूर्ण एवं क्रुर हत्यालाई लिएर कश्मीर र जम्मू क्षेत्रका नेताहरू र स्थानीयहरूले घोर रूपमा निन्दा गरे र धेरै ठाउँलाई बन्द राखेको छ ।
कश्मीर उपत्यकामा ३५ वर्षमा पहिलो पटक आतंकवादी हमला बिरूद्धको बन्द गरेका छन् । सबै क्षेत्रका मानिसहरूले पहलगाममा हत्याको विरोध गर्न बन्दको आह्वानलाई समर्थन गरेका हुन् । प्रदर्शनकारीहरूले आक्रमणको निन्दा गर्दै धेरै ठाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन पनि गरेका छन् ।
सत्तारुढ नेशनल कन्फ्रेन्स (एनसी), पीपुल्स डेमोक्र्याटिक पार्टी (पीडीपी), पीपुल्स कन्फरेन्स, र अपनी पार्टी सहित पहलगामको बैसारण घाँसे मैदानमा भएको आक्रमणको विरोध गर्न कश्मीरमा धेरै राजनीतिक दलहरू, सामाजिक–धार्मिक संगठनहरू, व्यापारिक निकायहरू र नागरिक समाज समूहहरूले बन्दको आह्वान गरे ।
पहलगाम आतंकवादी हमलाको विरोधमा बुधबार कश्मीरका धेरै अखबारहरूले आफ्नो पहिलो पृष्ठ कालो रंगले ब्लैक रुपमा छापेर विरोध प्रकट गरेका छन् ।
सेतो वा रातोमा प्रत्येक शक्तिशाली हेडलाइनहरू बोकेका अखबारहरूले गरेको विरोधको हडताल कार्य, एकता र शोकको शक्तिशाली सार्वजनिक प्रदर्शन थियो, जुन अमानवीय कार्यमा बासिन्दा र मिडियाले महसुस गरेको सामूहिक शोकको प्रतीक थियो ।
आक्रमणको पछि, नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरूलाई श्रीनगर मार्गमा हवाई भाडामा कुनै बृद्धि नभएको सुनिश्चित गर्न आग्रह गरेको छ, र एयरलाइन्सहरूले शहरमा थप उडानहरू सञ्चालन गर्नेछन् ।
पहलगाम आतंककारी हमलाको बिभिन्न क्षेत्रबाट व्यापक आलोचना भईरहेको छ । भारतीय कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र पार्टीका पूर्व प्रमुख राहुल गान्धीले शाह, जम्मू र कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्ला र केन्द्र शासित प्रदेशका पार्टीका वरिष्ठ नेताहरूसँग कुरा गरे, पीडितका परिवारहरूले न्यायको हकदार छन् भनी जोड दिए ।
“यस जघन्य आतंककारी हमलाका दोषीहरूलाई कानुन अनुसार कडा सजाय दिनु पर्छ । निर्दोष पीडितहरूले न्याय पाउनै पर्छ,” खर्गेले एक्स मा पोस्टमा भने ।
विपक्षी दलका नेता समेत रहनु भएका राहुल गान्धीले गृहमन्त्री शाह, मुख्यमन्त्री अब्दुल्ला, र जम्मू–कश्मीर कांग्रेस प्रमुख तारिक करारा सँग पहलगाममा भएको भयानक आतंककारी हमलाको बारेमा स्थितिको अपडेट प्राप्त गर्न कुरा गरे ।
हाल अमेरिका भ्रमणमा रहेका कंग्रेस नेताले पीडित परिवारको साथमा रहेको तथा उनीहरुले न्याय पाउनु पर्ने तथा आतंकवादीहरुलाई अंजाम सम्म पुर्याउन सरकारको ध्यानाकर्षण गराउदै “काँग्रेसको पूर्ण सहयोग” रहने कुरालाई दोहोर्याए ।
“गृहमन्त्री अमित शाह, मुख्यमन्त्री उमर अब्दुल्ला, र जम्मु कश्मिर पिसिसी अध्यक्ष तारिक करारासँग पहलगाम आतंककारी हमलाको बारेमा कुरा गरे । स्थितिको अद्यावधिक प्राप्त भयो,” गाँधीले एक्समा पोस्टमा भने ।
श्रोतः पीटीआई