भारत सरकारद्वारा सिकलसेल एनिमिया तथा थालसिमियाका विरामीहरुका लागि निशुल्क भ्याक्सिन हस्तान्तरण

0 Shares
रौतहट, १२ वैशाख । भारत सरकारद्वारा सिकलसेल एनिमिया तथा थालसिमियाका विरामीहरुका लागि निशुल्क भ्याक्सिन उपलब्ध गराएका छन् ।
संघिय राजधानी काठमाडौं स्थित स्वास्थ्य मन्त्रालयमा शुक्रवार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई सिकलसेल एनिमिया तथा थालसिमियाका विरामीहरुलाई लगाइने भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।
राजदूत श्रीवास्तवले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख (चार लाख अमेरिकी डलर)  मूल्य बराबरको भ्याक्सिन भारत सरकारको सहयोगमा उपलब्ध गराइएको छ ।
मन्त्रालयका अनुसार अब थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निशुल्क खोप वितरण प्रक्रिया सुरु गरिने छ । थारू समुदायले वंशाणुगत रूपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरिएको छ ।
अब भ्याक्सिन सिकलसेल एनिमियिा तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालमा मार्फत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । थारू समुदाय बहुल क्षेत्र बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरूलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको जनाएको छ ।
भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगै टिकापुर अस्पताल लगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरूका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए ।
भारतीय राजदूत श्रीवास्तवले यस प्रकारको सहयोगबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तारको एक अंश भएको बताए । भ्याक्सिन प्रभावित क्षेत्रमा उपलब्ध गराउने गरी भण्डारणका लागि स्वास्थ्य सेवा विभागले आपूर्ति व्यवस्थापन केन्द्र बुटवल लुम्बिनीमा पठाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।