रौतहट, १२ वैंशाख । एक साता भित्रमा दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने तयारी भईरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार राष्ट्रिय सूचना आयोगले शुक्रबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रह सहित पटकपटक जारी सूचनालाई अटेरी गरेपछि सरकारको रुखलाई उनले स्पष्ट पार्दै मेटालाई दर्ता नगराएमा एक साता पछि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै उनले अबको एक साता भित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मेटाले नेपालमा दर्ता भएर कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।
“मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? तर हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?,” उनले भने ।
मन्त्री गुरुङले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको पनि जानकारी गराए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन