मुख्यमन्त्री सिँह र एसडिसीका डेपुटी चिफ अफ मिसनका मेयर बीच शिष्टाचार भेटघाट

0 Shares
जनकपुरधाम, १२ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह संग स्विस नियोग का डेपुटी चिफ अफ मिसन म्याथियास मेयर शुक्रवार शिष्टाचार मेटघाट भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार मुख्यमन्त्री सिंह संग स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले आज शिष्टाचार भेटघाट भएको मुख्यमन्त्रीको कार्यालयले जनाएका हुन् ।
शिष्टाचार भेटघाटको क्रममा मुख्यमन्त्री सिँह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबीच प्रदेश सरकार सँगको सहयोग तथा समन्वयमा एसडिसीले मधेश प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको बताइएको छ ।
मुख्यमन्त्री सिँहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको संघीय शासनपद्धति र सरचनालाई व्यवस्थित एवं विस्तारित नहुँदा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको बताए ।
उनले संघीय कानुनको अभाव, कार्यविधि तथा निर्देशिकालाई अन्तिम रूप दिन झन्झटिलो प्रक्रिया र दक्ष जनशक्तिको अपर्याप्त उपलब्धताको कारणबाट योजना कार्यान्वयनमा समस्या हुने गरे पनि विकास साझेदार संस्थाहरु मार्फत आउने बजेट निर्धारित समय भित्र खर्च हुने बताए ।
उनले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेश विश्वविद्यालय मार्फत सीपमूलक शिक्षा दिने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमै उद्यमको व्यवस्थापन गरेर प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।
मुख्यमन्त्री सिहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार मुख्यमन्त्री सँगको भेटमा नियोगले आगामी दिनमा गर्ने कार्यका बारेमा कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाए ।
मुख्यमन्त्री सिंहसँगको भेटमा नियोगका डेपुटी चिफ अफ मिसन मेयरले सुरक्षित श्रम अप्रवासनको क्षेत्रमा एसडिसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धि मूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाहरूको श्रम, सीप र पूँजीलाई स्वदेशमै उपयोग गर्ने भन्ने विषयमा नियोगका परियोजनाका अनुभव साझा गरेका थिए ।
भेटमा नियोगका डेपुटी चिफ अफ मिसन मेयरले स्विस सरकार नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिँदै पूर्वाधार तथा मानव संशाधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा रोजगारी सहितका क्षेत्रमा प्रदेश सरकारसँग गर्न सकिने कामका विषयमा समेत परामर्श गरेका थिए ।
उनले प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै थप विस्तृत एवम् फराकिलो योजनाहरु बनाइने प्रतिबद्धता समेत व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।