गौर भन्सार कार्यालयको मुख्यद्वारमा आज आठौं दिन व्यापारीद्वारा धर्ना जारी

0 Shares
रौतहट, १४ वैंशाख । प्लान्ट क्वारेन्टिन खाद्यान्नको शाखा स्थापनाको माग राख्दै आईतवार आठौं दिन गौर भन्सार कार्यालयको मुख्यद्वारमा व्यापारी व्यवसायीहरु धर्ना प्रदर्शन कार्य जारी राखेको छन् ।
स्थानीय अगुवा व्यापारी व्यासायी कौशल साहको नेतृत्वमा व्यापारी व्यवसायीहरु आज आठौं दिन १२ बजे देखि २ बजे सम्म गौर भन्सार कार्यालयको मुख्यद्वारमा धर्नामा बसेर आफना जायज मागलाई सम्बोधन गराउन राज्य माथि दवाव बनाइरहेका हुन् ।
व्यापारी व्यवसायीहरुको धर्ना प्रदर्शनलाई रौतहट उद्योग वाणिज्य संघले एक्युबद्धता जनाइसकेको हुँदा व्यापरिक हित एवं उपभोक्ता हितमा रहेको उक्त मागलाई यथाशिघ्र सम्बोधन नगरिए यही वैंशाख १६ गते देखि गौर भन्सार कार्यालयमा ताल्चा लगाउने चेतावनी प्रदर्शनमा बसेका व्यापारीहरुले दिएको छ ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न परिक्षण गर्ने कार्यालयको अभावमा यहाँका व्यापारीहरुलाई मलंगवार र वीरगञ्जको बाटो भएर प्याज, आलु, फलफुल, चामल लगायतका खाद्यान्न सामाग्री ल्याउदा चर्को ढुवानी खर्चका कारण महगो हुँदा व्यापार गर्न चुनौती रहेको हुँदा गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा अनिवार्य रुपमा स्थापना गरेर यहाँ खेर गईरहेका राजस्वलाई सदुपयोग गर्न व्यापारीहरुले सम्बध निकायको ध्यानाकर्षण गराए ।
२०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालयमा विगतका बर्षहरुमा प्लान्ट क्वारेन्टिन खाद्यान्न सामानहरु निर्वाध रुपमा आईरहदा पनि केही महिना देखि यहाँका व्यापारीहरुलाई बीरगञ्ज र मलंगवा भएर खाद्यान्न सामानहरु ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको हुँदा गौर भन्सार कार्यालयमा अविलम्ब प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको स्थापनाको माग गर्दै व्यापारीहरु आन्दोलित भएर आज आठौं दिन पनि धर्ना जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।