तराई टप संवाददाता
रौतहट, १९ मंसिर । मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएको बालकको उपचारको क्रममा गएराति काठमाडौमा मृत्यु भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ घर भएका चन्द्रकिशोर झाको १६ बर्षिय छोरा सन्तकुमार झालाई संस्कृत माध्यमिक विद्यालय मत्सरी नजिक नम्वर खुल्न नसकेको मोटरसाइकलबाट शनिवार दिउसो ३ बजेको समयमा बालक झालाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए ।
टाउकोमा चोट लागेपछि घाईते भएको बालक झालाई स्थानीय बागमती हेल्थ केयर गंगापिपरामा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौ रेफर गरिएको थियो । काठमाडौमा उपचारको क्रममा शनिवार राति १ बजेको समयमा मृत्यु भएको पिडित परिवारले जनाएको छ ।
मोटरसाइकलले ठक्कर दिने सनराइज बैंक दुर्गा भगवती शाखामा कार्यरत गार्ड गंगापिपरा निवासी रविन्द्र साहले दिएका थिए । बालकको मृत्यु भएपछि प्रहरीले निजलाई नियन्त्रणमा जाँदा उनी भग्न सफल भएको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजको आधारमा ठक्कर दिने व्यक्तिको पहिचान गरिएपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिदा उनी बैकबाट हाम फालेर भागेको इप्रका गंगापिपराबाट बुझिएको छ । प्रहरीले साहलाई समात्न विभिन्न स्थानमा सर्च अप्रेशन चलाएको हुँदा चाँडै नियन्त्रणमा लिने दाबी प्रहरीले गरेको छ ।
मृतक बालकको काठमाडौमै पोष्टमार्टम गरिएर निजको आफन्तलाई शव जिम्मा लाइएको तथा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । संस्कृत माविमा कक्षा ९ मा अध्ययनरत छात्र झाको मृत्यु भएपछि उनको शोकमा आज आईतवार विद्यालय बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन