रौतहट, १७ वैंशाख । मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहको विशेष पहलमा ल्याइएका “बेटीके साथ मेयर” कार्यक्रम अन्तर्गत १५९ घर परिवारलाई चेक हस्तान्तरण गरिएका छन् ।
मौलापुर नगरपालिकाको लोकप्रिय बन्दै गएको “बेटीके साथ मेयर” कार्यक्रम नेपालमा मात्रै सिमित नमई भारत विहार राज्यमा समेत यस्को प्रभाव पर्न थालेका हुन् ।
मौलापुर नगर कार्यपालिकाको कार्यालयमा बुधवार आयोजित एक विशेष समारोहमा १५९ घर परिवारलाई “बेटीके साथ मेयर” कार्यक्रम अन्तरगत ३०÷३० हजार रुपैयाको चेक हस्तानान्तरण गरियो ।
यस कार्यक्रम अन्तर्गत कानुन अनुसार विवाह गर्न उमेर पुगेका छोरीहरुको विवाहमा मौलापुर नगरपालिकाले ३० हजार आर्थिक सहयोग गर्दै आएको छ । अहिले सम्म हजारौं घरपरिवारले यस कार्यक्रबाट लाभान्वित भईसकेको निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
मेयर साह आफै छोरीको विवाहमा सहभागि हुदै नगरपालिकाको तर्फबाट चेक हस्तानान्तरण गर्दै आएको तर कुनै कारणले सो रकम पाउन नसकेको परिवारलाई पछि बोलाएर दिने गरिएको उनले स्पष्ट पारे ।
छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको, कागजी कार्य पुरा नभएको वा अन्य कारणले ढिलाई हुन गएपछि नगरपालिकामै बोलाएर नै ३० हजारको चेक दिएको उनले बताए ।
‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ लाभान्वित भएकी विभाकुमारी पटेलले भनिन् ।
यस्तै चेक पाउने अर्को सुनरीकुमारी यादवले मौलापुर नगरपालिकाको सराहनीय भएको बताईन् । ‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद दिन चाहन्छु । उनले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथ सहयोग सधै नै रहन्छ’ यादवले चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् ।
फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ उनले भने ।
मौलापुर नगरपालिकाको मेयर रिना साहको पहलमा “बेटीके साथ मेयर” कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य करको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् ।
मधेस प्रदेशकै पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।