भारत उडिसा राज्यमा रहेका कालिङ्गा इन्ष्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेज नेपाली छात्राहरुको लागि मृत्यु स्थल बन्दै गएको छ ।
पछिल्ला दुई महिनामा दुई जना छात्रा झुण्डिएर आत्महत्या गरेको घटनाबाट कालिङ्ग इन्ष्टिच्यूट नेपाली छात्राहरुको लागि मृत्यु स्थलको रुपमा अभिसाप बन्दै गएको हो ।
भारतको उडिसा राज्यको भुवनेश्वर स्थित कालिङ्गा इन्ष्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा कम्प्युटर साइन्स विषय लिएर दोश्रो सेम्बेष्टरमा अध्ययनरत रहेकी सर्लाही जिल्ला कविलासी नगरपालिका वडा नम्वर ८ कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० बर्षीया छोरा प्रिसा साह परीक्षा सकेर दुई साता पछि घर आउछु भनेको तर उनी झुण्डिएको घर आउदा परिवार देखि लिएर सिंगो गाउँ नै स्तब्ध भएका छन् ।
यसरी नै विभिन्न यातना एवं ब्लैकमेलिंगको कारण गत फागुन महिनामा सोही इष्टिच्यूटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको झुण्डिएको घटनापछि उत्पन्न असहज परिस्थितका बीच प्रिसा घर फर्किएका थिए । कालिङ्ग इन्ष्टिच्यूट म्यानेजमेन्टद्वारा पटक पटक आग्रह पछि प्रिसा इन्ष्टिच्यूट फर्किएकी थिइन् ।
कम्प्यूटर साइन्स अन्तर्गत दोश्रो सेम्बेष्टरको परीक्षा दुई सातामा सकेर घर आउछु भनेकी छोरीको झुण्डिएको खवर आएपछि परिवारका सदस्यहरु स्तब्ध भई सबै जना अहिले उडिसा तर्फ लागेको बुझिएको छ । विहिवार प्रिसा झुण्डिएको खवर प्राप्त भएपछि शव बुझुन् परिवारजनका सदस्यहरु त्यस तर्फ लागेको छिमेकीहरुबाट बुझिएको छ ।
कलेज प्रशासनले विहिवार राति ९ बजे प्रिसाको मृत्यु भएको जानकारी गराएपछि उनको बुवा श्यामप्रसाद साह, आमा पिङ्की साह र भाई गौरवकुमार साह शुक्रवार बिहान ६ बजे ओडिसातर्फ हिँडेको छिमेकीहरुले बताए ।
कालिङ्गा इन्ष्टिच्यूट नेपाली छात्राहरुको लागि मृत्यु स्थलको रुपमा परिणत हुँदै गएको छ । प्रिसा र प्रकृति एउटा उदाहरण मात्रै हो उक्त इन्ष्टिच्यूटमा हजारौ नेपाली छात्रछात्राहरु अध्ययनरत रहेको भएपनि नेपाल सरकारद्वारा त्यहाँको बसेर अध्ययन गर्ने वातावरण कस्तो रहेको छ ? त्यस तर्फ कुनै अनुसन्धान एवं सुरक्षाको उपाय अबलम्बन नगराएको कारण नेपाली छात्राहरुको लागि कालिङ्गा इन्ष्टिच्यूट अभिशाप बन्दै गएको पछिल्ला घटनाले पुष्टि गरिदिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन