नयाँ दिल्ली, २४ वैंशाख । पहलगाम हमलाको बदला लिन आतुर रहेका भारत आखिकार पाकिस्तान माथि अपरेसन सिन्दुर अन्तर्गत गएराति एयर स्ट्राइक गरेर छाडे ।
उक्त अपरेशनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर नसुती निरन्तर रुपमा निगरानी गरिरहेका थिए।
समाचार संस्था एएनआईले प्रधानमन्त्री मोदीले पहलगाम नरसंहारको प्रतिकारमा मंगलवार मध्य राति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका नौ आतंकवादी लक्ष्यमा मिसाइल प्रहार गरिएको ‘अपरेसन सिन्दूर’ को निरन्तर निगरानी गरेको जनाएको छ ।
सरकारी स्रोतहरूका अनुसार, प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा बसेर वास्तविक समयमा भइरहेको विकासक्रमको निगरानी गरेका थिए । उनलाई रक्षा प्रमुख, वरिष्ठ गुप्तचर अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाले निरन्तर जानकारी दिएका थिए ।
मंगलबार साँझदेखि बुधबार बिहानसम्म सेनाध्यक्ष, नौ सेनाध्यक्ष र वायुसेनाध्यक्ष सँग प्रधानमन्त्रीको धेरैपटक सम्पर्क भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन