जम्मु कश्मीर, २४ वैंशाख । पाकिस्तानी सेनाले जम्मू र कश्मीरको नियन्त्रण रेखा (एलओसी) को जोडिएका बस्तीमा तोखाना र मोर्टारले गोलाबार गर्दा ७ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी सेनाले सिमावर्ती गाउँहरूमा तोपखाना र मोर्टार गोलाबारी गर्दा बुधबार एक महिला र दुई बालबालिका सहित सात व्यक्तिको मृत्यु भएको छ भने ३८ जना नागरिक घाइते भएका हुन् ।
भारतीय सेनाले पनि पाकिस्तानी सेनालाई मुहतोड जवाफ दिईरहेका छन् । भारतीय सैन्य अधिकारीहरुका अनुसार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा नौ आतंकवादी लक्ष्यहरूमा मिसाइल हमला गरेपछि पाकिस्तानी सेनाले युद्धविराम उल्लङ्घन गर्दै मानवबस्तीमा गोलाबारी गरेको बताए ।
सबै सात जना पुन्च जिल्लामा मृत्ु भएको र अन्य २५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
बारामुल्ला जिल्लाको उरी सेक्टरमा १० जना र राजौरी जिल्लामा तीन जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन