रौतहट, २६ वैंशाख । रौतहटको कटहरियामा दुई दिन अघि भएको घटनाका मुख्य दोषि सशस्त्र प्रहरी नभई चिनी तस्कर रहेको भएको खुलासा भएका छन् ।
गएको बुधवार साँझ ५.३० बजेको समयमा कटहरिया ४ स्थित लालबकैया पुलमा डिउटी सकेर हिड्न लाग्दा सशस्त्र प्रहरी हबलदार सुबास सिंहले चिनी लोड गरेका मोटरसाइलकलाई रोक्न खोज्दा भाग्न थालेपछि मोडमा अन्य अर्को बाइक संग ठोक्किएका थिए । पछ्याउदै गएका सशस्त्र प्रहरी हबलदार पनि ब्रेक लगाउदा समेत त्यसैमा गएर ठोकिन पुगेर तिन जना घाइते भएको थियो ।
सशस्त्र प्रहरी जवान डिउटी सकेर फर्किने क्रममा चिनी लोड भएका मोटरसाइकललाई रोक्न खोज्दा अत्याधिक गतिमा कुदाएपछि अर्को मोटरसाइकलमा ठक्कर मारेका थिए । उक्त मोटरसाइकलमा चिनीको तस्करी गरिरहेका दुई जना तस्कर गम्भीर घाइते भएको थियो ।
तस्कर सबार बाइक लडेपछि अत्याधिक गतिमा रहेका सशस्त्र प्रहरीको पनि बाइक तिव्र गतिमा रहेको हुँदा ब्रेक लगाउदैमा उनी पनि लडेका थिए । उनको पनि टाउको फुटे पनि तस्करलाई छाडी आम मानिसलाई बचाउन हस्पिटल पुर्याएको हस्पिटलका चिकित्सकले बताए ।
घटना पश्चात सशस्त्र प्रहरीको दुधियाभार क्याम्पमा खबर गरियो, क्याम्प बाट साई को कमाण्ड मा दुई जना टोली परिचालन भए, इलाका प्रहरी कार्यालय कटहरियाको प्रहरी पनि पुगे । दुबै सुरक्षाकर्मीहरु घटना अस्थलमा पुग्दा स्थानीय मानिसहरुको बाक्लो भिड थियो । सशस्त्र प्रहरी माथि स्थानीयले लाठी भाठाले प्रहार गरेर घाइते बनाइयो ।
सशस्त्र प्रहरीहरु ज्यान जोगाएर कठरिया इलाका प्रहरी कार्यालयमा पुग्यो । केही मान्छेहरु इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेपछि थप सुरक्षा टोली पुगेपछि स्थानीयहरु पछि हटे ।
स्थानियहरुको सहयोगमा तस्करले चिनी लोड भएका मोटरसाइकल लिएर भाग्न सफल भए । डिउटीमा रहेका सशस्त्र प्रहरी कुटाई खाएपनि, घाइतेलाई उपचार गरौं भनेपनि तस्करलाई जोगाउन स्थानीयहरु लागि परेको श्रोतले बतायो । गम्भीर घाइते फतुवा विजयपुर नगरपालिकाको टेग्राहा गाउँका ४६ बर्षीय अनुठाराय यादव गम्भीर घाइतेको वीरगञ्जको गण्डक स्थित हस्पिटलमा उपचारको क्रममा गएराति निधन भए । आज पोष्टमार्टम गरेर मृतकको शव ल्याउन कार्य भईरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।
घटनालाई अतिरंजित बनाएर सशस्त्र प्रहरीलाई बदनाम गराउने काम गरिएको हुँदा सत्य तथ्य एवं निष्पक्ष रुपमा छानविन हुनुपर्ने माग गरिएको छ । कटहरिया घटनालाई अतिरंजित बनाएर तस्करीका कार्यमा आफनो रोटी सेक्ने राजनीतिक दलका व्यक्तिहरु लागि परेको स्थानीय श्रोतबाट बुझिएका छन् ।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी सन्तोषकुमार बस्नेतले चोरी निकासी रोक्ने हाम्रो कत्र्तव्य हो, सोही क्रममा चिनी ल्याइरहेका तस्करलाई रोक्न खोजेपछि तिव्रगतिमा भाग्न लाग्दा पछयाउने क्रममा अन्य मोटरसाइकलमा ठोक्किदा उक्त दुर्घटना भएको बताए ।
हामी उक्त घटनाको सुक्ष्म अनुसन्धान गर्दैर्छौ, तस्करलाई भगाउने कार्यमा संलग्न स्थानीयहरुको पहिचान गर्ने कार्य भईरहेको समेत उनले जानकारी दिए ।