रौतहट र सर्लाहीमा क्रसर माफियाहरुको रजगज, सेटिंगमै रमाए नियमनकारी निकाय

0 Shares
तराई टप डेष्क
सर्लाही र रौतहट जिल्लामा नियमनकारी निकायकै संरक्षणमा संचालनमा रहेका अबैध क्रसर उद्योगहरुको अहिले रजगज रहेको छ ।
सुरक्षा संयन्त्रकै मिलोमतोमा दुबै जिल्लामा अबेध क्रसर उद्योगहरु सञ्चालनमा रहेको पाइएको हो । सर्लाहीको बागमती नदीमा नियम विपरीत अबैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको भए पनि सुरक्षा संयन्त्र (नियमनकारी) निकायले संरक्षणमा रहेको छ ।
रौतहट र सर्लाहीको बागमती नदीबाट गिट्टीबालुवा माफियाहरूले मेशिनहरु प्रयोष्ग गरेर चरम दोहन गरिरहेका छन् । नियम कानुनलाई धोति लगाउदै स्थानीय सरकार र प्रहरी प्रशासनको मिलोमतोमा रौतहटको चन्द्रपुर, वृन्दावन र गढीमाई नगरपालिकामा बागमती नदीमा चरम दोहन भइरहेका हुन् ।
चन्द्रपुर नगरपालिकाले नदीजन्य पदार्थ उठाउनको लागि आवश्यक मापदण्डहरु पूरा गरेको छैनन् । खोला उत्खननको लागि चन्द्रपुर नगरपालिकाले इन्सियल इन्भारमेन्ट एक्जामिनेसन (आइइई) पनि गरेनन् । नगरपालिकाले नदीजन्य पदार्थलाई उत्खननको ठेक्का समेत नलगाएको अवस्थामा खोलामै एक्स्काभेटर लगाएर दोहन गराइरहेका छन् । नगर प्रशासन र स्थानीय प्रशासनको मिलोमतोमा बागमती नदीबाट हरेक दिन सयौं टिपर र ट्याक्टरमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयहरुले आरोप लगाएको छ ।
स्थानीय जनप्रतिनिधिहरुले खोलाको अबैध दोहनलाई रोक्न आवाज उठाईरहदा पनि उनीहरुको आवाजलाई बेवास्ता गरिएको छ । यसै विषयमा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले सम्बध निकायको उदाशिनताको कारण अहिले खोलाहरुमा व्यापक दोहन भईरहेको हुँदा तत्काल रोक्नुपर्ने बताए । प्रतिनिधि सभा साँसद तिमल्सिना भन्छन्, ‘मैले पटकपटक प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भनेको छु तर उनी खासै ध्यान नदिएको कारण यस्तो अवस्था सृजित भएको बताए ।’
गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले नगरपालिकाले भविष्यको ख्याल नगरी आफ्नो वडातिरको नदीको गिट्टी र बालुवा बेचेको भन्दै विरोध जनाए । खेती, गाउँ र किसानको वास्ता नगरी नगरपालिकाले जथाभावी ठेक्का दिएकोमा श्रेष्ठले गम्भीर आपत्ती जनाए ।
समनपुर–टोकर घाटमा बागमतीको मूल धारबाटै गिट्टी उत्खनन भइरहँदा सबै पक्ष मौन छन् । वृन्दावन र गढीमाई नगरपालिकामा नगरप्रमुखले स्थानीय प्रहरी प्रशासनलाई सेटिंगमा मिलाएर अवैध उत्खनन गरी खोलालाई ब्यापक दोहन गरिरहेको  स्थानीयहरुले गम्भीर आरोप लगाए ।
खोला अनुगमन एवं नियमनकारी निकायका प्रमुख एवं जिल्ला समन्वय समितिका सभापति रामअयोध्याय यादवले आफूलाई कसैले वास्ता नगरेको, कोही नडराएको, प्रहरी प्रशासन संग सबै डराउने भएको हुँदा नै दोहन बढेको बताए । अब आफू एक्लै अनुगमन गरेर हुँदैनन्, समितिका पदाधिकारीहरु संग जानुपर्छ के गर्ने त्यसैले दोहन बढेको भने ।
यसैगरी सर्लाहीमा पनि क्रसर माफियाहरूले खोला उत्खनन गरेर अवैध मोबाइल क्रसर र स्वामित्व नभएको अवैध क्रसर प्रहरी प्रशासनको मिलोमतोमा चलाइरहेका छन् ।
सर्लाहीको बसबरिया गाउँपालिका १ मानपुर टोलमा अवस्थित भैसासुरघाट स्थित बागमती नदीमा कानुन बिपरित तीन वटा अबैध मोबाइल क्रसर सञ्चालनमा रहेका छन् ।
स्मरणीय रहोस, रौतहट र सर्लाहीको खोला नदीहरुबाट अबैध रुपमा उत्खनन गरी व्यापक दोहन भएर खोलाको धार परिवर्तन हुने अवस्थामा सृजित अवस्थालाई नियन्त्रण गर्न नसकेका स्थानीय प्रहरी प्रशासनका पदाधिकारीहरुको दोहन गराउनमा संलग्न रहेका कारण भविष्यमा त्यसबाट पर्न सकिने सम्भावित असरलाई बालै मतलब नरहदा अबैध रुपमा दोहन गर्दै अहिले यी दुबै जिल्लामा क्रसर माफियाहरुको रजगज रहेको पाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।