तराई मधेशका जिल्लाहरु बंगलादेशी, पाकिस्तानी र चिनियाँ नागरिकहरुको रोजाईमा किन ?

0 Shares
तराई मधेशका जिल्लाहरुको मस्जिद र मदर्शाहरुमा जमाती धर्मगुरुहरुको नाममा बंगलादेशी र पाकिस्तानीहरुको चलखेल बढ्दै गएको हुँदा जसबाट नेपालको सार्वभौम सम्प्रभुता एवं अखण्डतालाई आँच पुर्याउने कार्य गर्न सकिनेलाई नकार्न सकिदैनन् ।
भारत पाकिस्तानका बीचमा चरम तनाव एवं युद्ध चलिरहेकै वेला सप्तरीमा ६ जना बंगलादेशी नागरिक भेटिनु तथा बिना भिजाको भारत प्रवेश गर्न लाग्दा चार जना चिनियाँ नागरिकलाई रक्सौलबाट नियन्त्रणमा लिने कार्यबाट नेपाललाई बदनाम गराउने कार्यमा पाकिस्तान, बंगलादेश र चिन लागिपरेको बुझिन सकिन्छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्वर ३ भारदह स्थित रहमानीया जामे मस्जिदमा ६ जना बंगलादेशी जमाती धर्मगुहरु दुई दिन अघि फेला परे । धर्म प्रचारको लागि भन्दै उनीहरू मोरङ, सुनसरी हुदै सप्तरी आइपुगेका थिए । चार महिनाका लागि बंगलादेशको ढाकाबाट काठमाडौं हुदै उनीहरू सप्तरी आएको थियो ।
अराइभल भिसामा आएका बंगलादेशी नागरिकहरुको भिसाको म्याद गत मार्चमा  सकिएपनि नेपालमै बसेर धर्मको प्रचारप्रसार गर्दै आएको थिए तर यही विचमा बिराटनगर स्थित अध्यागमन कार्यालयबाट जुन २०२५ सम्मका लागि भिसाको म्याद थप गरेको श्रोतले बतायो ।
यसैगरी मे ८ तारेखका दिन वीरगञ्ज भएर भारत प्रवेश गर्न लागेका चार जना चिनियाँ नागरिकलाई नेपाल भारत मितेरी पुलबाट एसएसबीले नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरे । पक्राउ परेका चारै जना हिन्दी, नेपाली, अंग्रेजी र चिनीया भाषा राम्ररी बलिरहेको तथा उनीहरु मध्ये एक जनाको पाकिस्तान संग कनेक्सन रहेको श्रोतबाट बुझियो ।
चारैजना अप्रिल ३० मा काठमाडौं आएको एक साताको बसाई पछि ८ मे का दिन विना अनुमती भारत प्रवेश गर्न लाग्दा एसएसबीलाई शंका लाग्दा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ । घत लोग्दो के छ भने चार जनाको अनुसार नेपाली नागरिक जस्तै मिल्ने भएको हुँदा सिमामा कसैले रोक्दैन भने अभिप्रायबाट भारतमा घुसपैठ गर्ने क्रममा सुरक्षाकर्मीद्धारा पक्राउ परे ।
स्मरणीय रहोस, पछिल्ला समयमा तराई मधेसका जिल्लाहरुमा पाकिस्तान, बंगलादेश लगायतका मुस्लिम देशबाट जमातीको नाममा धर्मगुरुहरुको नेपाल भ्रमण तिव्र भएको छ जसबाट धर्मान्तरणको कार्य व्यापक रूपमा बढेको छ । जसलाई नियन्त्रण गर्न नेपाल सरकार असफल देखिन्छ । नेपालमा बसेर छिमेकी मुलुक माथि गरिने निगरानी वा विभिन्न अवाञ्छित गतिविधिको लागि नेपाली भुमि कदापी प्रयोग नगर्ने तर्फ बेलैमा नेपाल सरकारको ध्यान जानु जरुरी देखिन्छ । किन भने सोको प्रत्यक्ष असर सिमानाकामा बस्ने नेपाली नागरिक सहित नेपाललाई नराम्ररी प्रभावित बनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।