चन्द्रपुर (रौतहट), २८ वैशाख । ऐन नियम कानुनलाई ठाडो रुपमा चुनौंती दिदै अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन, दोहन गरी व्यापक रुपमा राजस्व चुहावटको साथै करोडौं रुपैयाको गोरखधन्धा जारी रहदा पनि प्रदेश सरकार किन मौंन बसेको होला ? प्रश्न उठ्नु स्वभाविकै छन् ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित पूर्व पश्चिम राजमार्ग देखि दक्षिण वागमती नदीको पश्चिम किनारमा तटबन्ध निर्माण गर्ने बहानामा उकास नदीको भागबाट मेशिनको प्रयोग गरी सयौं टिपर ढुंगा र मिक्स ग्राभेल झिकेर त्यही तारजाली भर्ने, विभिन्न वडामा विक्री गर्ने तथा रेल्वेको काममा समेत विक्री गरे वापतको रकम वडाध्यक्षले मास्दै आएका हुन् ।
यसरी उकासबाट निस्किएका ढुंगा, गिटी, बालुवा तथा मिक्स ग्राभेल विक्री गरेवापत चन्द्रपुर नगरपालिकाको राजस्व गुमेको छ । उक्त कार्यमा वडाध्यक्ष देखि लिएर नगरपालिकाको पदाधिकारी सहित नगरप्रमुखको समेत संलग्नता रहेपनि प्रत्यक्ष रुपमा कोही देखा पर्न सकेका छैनन् । नगरपालिकाले यस बर्ष नदी जन्य पदार्थ उत्खनन र विक्रीका लागि बोलपत्र आह्वान नगर्दा पनि सयौं टिपर ट्रेक्टर अन्यत्र विक्री गरेर स्थानीय जनप्रतिनिधि देखि लिएर नियमनकारी निकायको सेटिंगमा ऐनकानुनलाई ठाडो चुनौती दिएपनि प्रदेश सरकार किन मौन बसेको होला यतिखेर प्रश्न उठिरहेका छन् ।
प्रदेश सरकारको करोडौंको लागतमा निर्माण भईरहेको स्पर स्थलमा सार्वजनिक रुपमा बोर्ड झुण्डयाइएको पनि छैन् । जसरी मन लाग्यो जे मन लाग्यो त्यसरी नै धमाधम स्पर बनाउने कार्य भईरहेका छन् । उक्त कार्य सो वडाका वडाध्यक्ष बलराम राउतले गराइरहेको छ ।
वन कार्यालयले हस्तक्षेप गर्न खोन्दा सहायक वन रक्षकलाई दुव्र्यवहार

ऐनकानुन विपरित कार्य गरिरहेको पाइएपछि डिभिजन वन कार्यालयबाट दुई जना सहायक वन रक्षक टोलीले ना. ६ त. ४४० नम्वरको ट्रेक्टरलाई नियन्त्रणमा लिएपछि वडाध्यक्ष राउत सहित उनकै निर्देशनमा त्यहाँ केही स्थानीयहरु आएर आफूहरुलाई दुव्र्यवहार गरेको सहायक वन रक्षक रामपुकार साहले गुनासो गरे ।
हामी ऐनकानुन विपरित कार्य गर्नेलाई वन कार्यालयमा आएर समस्या समाधान गराउन भन्दा समेत सामान्य हातपात गर्दै सहायक वन रक्षकले लगाएको युनिफर्मको फुली समेत उप्काएर दुव्र्यवहार गरेको बताउदै रहायक वनरक्षक साहले वडाध्यक्ष सहितका व्यक्तिहरुद्वारा गरिएका दुव्र्यवहार प्रति वन कार्यालयमा रिपोर्ट दिदा अहिले सम्म वडाध्यक्ष राउत सहितका ति व्यक्तिहरु विरुद्ध कुनै कारवाही प्रक्रिया अगाडी नबढको बताए ।
वन कार्यालयले प्रतिवेदन बनाएपनि अहिले सम्म उक्त प्रतिवेदन सार्वजनिक भएको छ्रैनन् । उल्टै उनीहरुको गैरकानुनी ढंगबाट भईरहेको कार्यलाई स्थानीय राजनीतिक दलले सघाएको दुखेसो उनीहरुले पोखे ।
दुधको साक्षी विरालो झै अनुगमनको नाममा झारो टार्ने कार्य

चन्द्रपुर नगरपालिका वडा नम्वर १ वागमती स्थित पश्चिमी तटमा ऐनकानुन विपरित तटबन्ध निर्माण भईरहेको विभिन्न मिडियाहरुबाट समाचार प्रकाशित भएपछि चिर निन्द्रामा रहेका जिल्ला अनुगमन समितिले शनिवार अनुगमनको नाममा झारो टार्ने कार्य गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक रामअयोध्या यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सहितका सुरक्षा निकायका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार कार्की सहित संचारकर्मीहरु, वनका कर्मचारी, सिंचाईका कर्मचारीहरु स्थलगत रुपमा अनुगमन निरीक्षण गरे ।
अनुगमनका क्रममा त्यहाँ उत्खनन गरिरहेका एक्जाभेटर मेशिन जंगलमा लगेर लुकाए, टिपरहरुलाई विहानै देखि आउन दिएन, स्पर निर्माणमा प्रयोग भएका ढुंगाहरु त्यहीबाट झिएको, स्परको पुर्वमा वागमत खोला भएपनि पश्चिम पट्टी नदीजन्य पदार्थ झिक्न खोला झै खनेर मालबस्तुहरु झिकिएको पाइयो तर अनुगमनको क्रममा के के निर्देशन दिइयो त्यसको आधिकारीक रुपमा अहिले सम्म जानकारी प्राप्त हुन सकेका छैनन् । त्यसैले भनियो दुधको साक्षी विरालो झै अनुगमन समितिले झारो टार्ने कार्य गरे ।
यस विषयमा जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या यादवले काम त धेरै राम्रो हो तर त्यहाँका मालवस्तु अन्यत्र लगिएको सुनियो । काम राम्रो भएपनि नदिजन्य पदार्थ बाहिर किन विक्री भयो विषयमा उनले केही बोल्न चाहेनन् ।
सहायक वनरक्षकद्वयलाई दुव्र्यवहार गर्ने वडाध्यक्ष सुरक्षा निकाय प्रमुख संगै

एकातर्फ दुई जना सहायक वन रक्षकलाई दुव्र्यवहार गर्दै फुली खोस्ने कार्य गरेका वडाध्यक्ष बलराम राउत शनिवार जिल्ला अनुगमन समितिका पदाधिकारीहरु संग रहेपनि निजलाई कानुनी कटघेरामा ल्याउन काम गरिएन ।
कर्मचारीहरु नियमन गराउन खोजिदा समेत उनीहरुलाई दुव्र्यवहार गर्ने, हस्पिटल भर्ना नहुने गरी हातपात गर्ने, फुली खोस्नेलाई स्थानीय प्रशासनद्वारा किन कारवाही गरिएन ? पहिलो प्रश्न, दुव्र्यवहार गर्ने वडाध्यक्ष सहितका व्यक्तिहरु प्रजिअ खड्कालाई हिजो विफ्रिंग गराईराख्दा ति सहाकय वन रक्षकहरुले के महसुस गरिरहेको होला दोश्रो प्रश्न, नियमनकारी निकायले आफनो काम कत्र्तव्य विर्षिदा कर्मचारीहरु कसरी काम गर्ने भने अहिले गम्भीर प्रश्न उब्जीएका छन् स्थानीय प्रहरी प्रशासन माथि ।
स्मरणीय रहोस, पानीको वहाव, वस्तीलाई प्रभावित एवं वातावरणीय सन्तुलन विग्रने गरी खोलामा स्काईभेटर प्रयोग भईरहेको अवस्थामा भविष्यमा कटान र डुवानको खतरा बढेर गएको विज्ञहरु बताउँछन् ।
नेपालको जल स्रोत ऐन २०४९ र वातावरण संरक्षण ऐन २०५३ अनुसार नदी, खोला वा वन क्षेत्रभित्र कुनै पनि निर्माण कार्यअघि वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य रुपमा गराउनुपर्ने स्पष्ट उल्लेख छ. तर, बाग्मती नदीमा ठिक विपरीत कार्य भैरहेको पाइएको छ ।
श्रोतका अनुसार पुर्व पश्चिम राजमार्गमा फोर लेन सडक बनाउन रसुवा कन्ष्ट्रक्सनले जिम्मेवारी पाएको छ । उक्त कार्य गर्न त्यही व्यत्तिको जग्गा लिजमा लिएर क्रसर उद्योग संचालन गर्न गईरहेको हुँदा उक्त क्रसर उद्योगलाई हानी नोक्सान नहोस भनेर प्रदेश सरकारको करोडौंको बजेट उक्त स्थानमा खन्याएर, त्यहीको ढुंगाबाट तटबन्ध स्पर बनाएर लाखौं रुपैया कमाउने दाउमा रहेका जनप्रतिनिधिहरुको कारण भविष्यमा तल तिरका बस्तीहरु जोखिमा पर्ने निश्चित रहेको स्थानीयहरु बताउछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन