प्रधानमन्त्री नरेन्द्र मोदी आदमपुर एयरबेसमा सलामी ग्रहण गर्दै

0 Shares

नयाँ दिल्ली, ३० वैशाख । भारतको आदमपुर एयरफोर्स बेसमा पाकिस्तानले आक्रमण गरी एस–४०० एयर डिफेन्स प्रणाली नष्ट पारेको दाबी भ्रामक साबित भएको छ ।
मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्जाबको आदमपुर एयरबेस पुगेर सैनिकहरूसँग भेटघाट तथा निरीक्षण गरेपछि पाकिस्तानको दाबी भ्रामक सावित भएको हो ।
आदमपुर भ्रमणका क्रममा सार्वजनिक गरिएका तस्बिरमा प्रधानमन्त्री मोदी एस–४०० एयर डिफेन्स सिस्टमको पृष्ठभूमिमा उभिएर सलामी दिइरहेको दृश्य देखिन्छ ।
यसले पनि पाकिस्तानको दाबीलाई ‘झूटो प्रचार’ प्रमाणित गरेको भारतीय सेनाले जनाएको छ । यसअघि नै भारतीय सशस्त्र बलले पाकिस्तानको आक्रमण दाबीलाई ‘भ्रामक र तथ्यहीन’ भनेको थियो ।
भ्रमणको अवसरमा प्रधानमन्त्री मोदीले वायुसेना तथा थलसेनाका जवानहरूसँग संवाद गर्दै देशको सुरक्षामा उनीहरूको साहस, समर्पण र निडरताको प्रशंसा गरे । सामाजिक सञ्जाल ‘एक्स’ मा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘आज बिहान आदमपुर एयरफोर्स स्टेसन पुगेर हाम्रो वीर वायुसैनिक र जवानहरूसँग भेट्न पाउँदा विशेष अनुभव भयो । उनीहरूको आदम्य साहस र निडरताप्रति भारत सधैं ऋणी रहने छ ।’
भ्रमणका क्रममा भारतीय वायुसेनाका अधिकारीहरूले आदमपुर बेसको अवस्था बारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । यसअघि, अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले सञ्चालन गरेको अपरेशन सिन्दूर पश्चात पाकिस्तानले आदमपुरमा आक्रमण गरेको दाबी गरेको थियो ।
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले पनि प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणको भिडियो राख्दै पाकिस्तानको दाबीप्रति टिप्पणी गर्दै लेखेका छन्, ‘पाकिस्तानका लागि तथ्य जाँच हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।