रौतहट, ३० वैंशाख । रौतहटको कटहरिया नगरपालिकामा एक नवविवाहिता महिलाको शंकाष्पद हत्या भएको माइती पक्षले गम्भीर आरोप लगाए ।
विहे भएको ६ महिना नपुग्दै मुस्लिम समुदायकी ति महिला आफनै घरमा साडीको पासोमा झुण्डिरहेको अवस्थामा फेला परेपछि उनको माइती पक्षले छोरीलाई दाइजोको लागि उत्पीडन गरेर हत्या गरेको गम्भीर आरोप लगाएको हो ।
कटहरिया नगरपालिका वडा नम्वर ३ बडेरवा गाउँ घर भई हाल कटहरिया नगरपालिकाको वडा नम्वर ५ बजार क्षेत्रमा बस्दै आएका अहमद राय भाटको २१ बर्षिया श्रीमती सानीया प्रविनको शंकाष्पद मृत्यु भएपछि माइती पक्षले छोरीको हत्या गरेको भन्दै घटनाको यथार्थ छानविन गरी दोषिलाई कानुनी कारवाहीको माग गरिएका छन् ।
गएको आईतवार दिउसो घरको कोठामा साडीको पासो बनाई सिलिंग फयानमा भुण्डिएको अवस्थामा सानीयाको शव प्रहरीले फेला परेका थिए । घटनाको खवर संगै इलाका प्रहरी कार्यालय कटहरिया र इलका प्रहरी कार्यालय गरुडाले संयुक्त रुपमा अनुसन्धान गरिरहेको बुझिएको छ ।
प्रदेशिक अस्पताल गौरमा मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो । विवाहपछि ज्वाईँ अरमानले निरन्तर दाइजोको लागि छोरी सानिया माथि दबाव बनाएर शारीरिक तथा मानसिक यातना दिँदै आएको उनले बताइन् ।
ज्वाईँ तथा उनको परिवारले दिनेगरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले आरोप लगाइन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार हामी अनुुसन्धान गर्दैछौं अलिकति पनि शंका नगर्न पीडित पक्ष संग आग्रह गर्दै उनीहरुले दिएको आत्महत्या दुरुत्साहन तर्फ केन्द्रीत भएर छानविन गरिरहेको बताए । पोष्टमार्टमको रिपोर्ट आएपछि कानुनी प्रक्रिया अघि बढाइएने डिएसपी कार्कीले भने ।