रौतहट, ३१ वैशाख । रौतहटको पत्रकारिता क्षेत्र आज शोकमा डुबेका छ ।
रौतहट जिल्लालाई आधार बनाएर समाज परिवर्तनमा अग्रिणी भुमिका निर्वाह गर्दै आएका एक स्तम्भकारको देहावसानको कारण रौतहटको पत्रकारिता क्षेत्र शोकमा डुबेको हो ।
प्रिन्ट मिडिया, रेडियो, अनलाइन सहितका मिडियाहरुमा सक्रियताका साथ आफनो स्तम्भको माध्यमबाट राज्य समक्ष पस्कदै आएका समाचार माथि आज विराम लागेको छ । साहसी, निडर, निर्भिक रुपमा रहेका पत्रकार फणीदेव महत विगत लामो समय देखि ब्रेन ट्युमरको रोगबाट ग्रसित रहदै जिन्दगी संग जंगमा गएराति पराजित हुँदै यस माया रुपी संसारबाट सधैको लागि विदा भए ।
ब्रेन ट्युमरबाट पीडित महतको उपचार नेपाल र भारतका विभिन्न अस्पतालमा गरिएको थियो । ४६ वर्षीय पत्रकार महतको उपचारमा स्थानीय समुदाय देखि लिएर विभिन्न परोपकारी संघसंस्थाले चासो देखाए उपचारमा सहयोग प्रदान गरेपनि उनलाई पर्याप्त भएनन् ।
अन्नपूर्णपोस्ट दैनिकका रौतहट सम्वाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक महत प्रेस चौतारीसँग आबद्ध थिए र उनी मधेश प्रदेशको नेतृत्व समेत सम्हालेका थिए ।
मतहको श्रीमती र दुई नाबालक छोरा छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले ‘रौतहटको पत्रकारिता क्षेत्रमा एक प्रखर वक्ता, स्तम्भकार एवं दम्भ भएका कलमजीवि हामीबीचबाट टाढिएको हुँदा रौतहटको मात्रै नभई समग्र मुलुककै पत्रकारिता क्षेत्रमा अपूर्णीय क्षति भएको बताए ।
नेपाल पत्रकार महासंघ सहितका विभिन्न संघसंगठनहरुले शोक वक्तव्य जारी गर्दै स्वर्गीय पत्रकार फणीदेव महत प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
रौतहटको पत्रकारितामा एक युगको अन्त्य भएको छ । महतको निधनबाट उनको स्थानलाई पुरा गर्न कठिन रहेको छ । एक सच्चा पत्रकार प्रति तराई टप हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चिर शान्ति सहित वैकुण्ठ बासको कामना गर्दछ । साथै महतको मृत्युबाट उनको परिवारमा परेका पीडालाई सहन एवं धर्यधारण गर्न सक्ने क्षमता इश्वरले प्रदान गरुन भने भावपूर्ण कामना तराई टप ले गर्दछ । ओम शान्ति, ओम शान्ति, ओम शान्ति ।