धमाधम टर्कीको भ्रमण रद्द गर्दै भारतीय नागरिकहरु

0 Shares
नयाँ दिल्ली, १ जेठ । पहलगाम घटनालाई लिएर भारतले पाकिस्तान माथि गरेको “अपरेशन सिन्दूर” लाई प्रतिकार गर्न पाकिस्तानको साथ दिएका टर्कीलाई अहिले पर्यटन सहित विभिन्न क्षेत्रमा भारतीय नागरिकहरुले वायकाट गरिरहेका छन् ।
भारत गुजरातको अहमदाबादमा रहेको जैन लोटस समूहका करिव ८ सय भन्दा बढी नागरिकहरुले टर्की भ्रमण योजना रद्द गरेका हुन् ।
गुजरातमा रहेको जैन लोटस समूहका ८० हजार भन्दा बढी सदस्यहरूले पाकिस्तानी आतंकबादीहरुद्वारा पहलगामको बैसारन घाँटीमा २७ जना निर्दोश पर्यटकको हत्या गरेपछि भारत सरकारले चलाएको “अपरेशन सिन्दूर” लाई विफल पार्न पाकिस्तानलाई टर्कीले समर्थनकोमा उनीहरुले टर्कीको भ्रमणलाई रद्द गरेको छ ।
दिवाली पछि टर्कीको भ्रमण गर्न सबै चाँजोपाजो मिलाई सकेको अवस्थामा आफना सेडुललाई रद्द गर्दै भ्रमणको लागि बुकिंग गरेकालाई क्यान्सील गरेर भ्रमणलाई रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो । मिड–डे को रिपोर्ट अनुसार, उक्त समूहले १२ दिने यात्राको योजना बनाएको थियो, जुन अहिले रद्द भएको छ ।
जैन लोटस समूह भारतीय यात्रुहरूको बढ्दो संख्या मध्ये एक हो जसले विरोधमा टर्की र अजरबैजानको यात्राहरू रद्द गरिरहेका छन् । अपरेशन सिन्दूर र अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावपछि दुवै देशले सार्वजनिक रूपमा पाकिस्तानलाई समर्थन गरे ।
अजरबैजानले द्वन्द्वमा पाकिस्तानको अडानलाई प्रतिध्वनित गर्दै आधिकारिक बयान जारी गर्दा टर्कीले पहलगाम आक्रमणको अन्तर्राष्ट्रिय अनुसन्धानको लागि इस्लामाबादको आह्वानलाई समर्थन गर्यो । टर्कीले यसअघि पनि पाकिस्तानलाई हतियार उपलब्ध गराएको थियो ।
“अजरबैजान र टर्कीका लागि बुकिङ ६०% (गत हप्तामा) ले घटेको छ जबकि सोही अवधिमा रद्द गर्नेहरू २५०% ले बढेको छ,” रोयटर्सले मेक माई ट्रिप का एक प्रवक्तालाई उद्धृत गर्दै भने ।
जैन लोटस समूह अहमदाबादमा आधारित संस्था हो जसले एक हजार  भन्दा बढी जोडीहरूलाई सदस्यको रूपमा गणना गर्दछ । मिड डे रिपोर्टका अनुसार समूहका सदस्यहरूले दीपावलीपछि टर्की जाने योजना बनाएका थिए ।
नैतिकताका आधारमा यो निर्णय गरिएको जैन लोटस ग्रुपका कोषाध्यक्ष विपुल शाहले मिड डेलाई बताए ।
“यसका कारण हामीले यात्रा रद्द गरेका छौं । हाम्रो जैन लोटस ग्रुपका करिब ८ सय जना दीपावली पछि टर्की जाने योजनामा थिए । हामीले १२ दिन र ११ रातको भ्रमणको योजना बनाएका थियौं । हामीले टर्कीका क्यापाडोसिया र इस्तानबु ललगायत चार ठाउँमा जाने निर्णय गरेका थियौं ।
“सबै सदस्यहरूले एकै दिन नभई, हरेक तेस्रो दिनमा ८० जनाको समूहमा टर्की पुग्ने योजना बनाएका थिए,” तर उक्त योजनालाई देशहितमा रद्द गरियौं शाहले बताए ।
श्रोतः हिन्दुस्तान टाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।