आईएमएफद्वारा पाकिस्तानलाई दिइने आर्थिक सहयोग माथि पुनर्विचार गर्नः भारतीय रक्षा मन्त्री सिंहको सुझाव

0 Shares
भुज (गुजरात), २ जेठ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) संग पाकिस्तान दिइने आर्थिक सहायता माथि एक पटक पुनर्विचार गर्न सुझाव दिए ।
भारतले शुक्रबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) संग पाकिस्तानलाई दिन लागिएको एक अर्ब अमेरिकी डलरको सहायता माथि पुनर्विचार गर्न आह्वान गर्दै उक्त रकम पाकिस्तानले आतंकवादी कोषको लागि प्रयोग गर्न सक्छ भन्ने सुझाव दिएका हुन् ।
गुजरातको भुजमा सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै रक्षा मन्त्री सिंहले भने कि भारत चाहँदैन कि उसले आईएमएफले दिने कोष प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पाकिस्तान वा अन्य कुनै देशमा आतंकवादी पूर्वाधार निर्माण गर्नमा प्रयोग होस् ।
“मलाई विश्वास छ कि आजको समयमा पाकिस्तानलाई कुनै पनि किसिमको आर्थिक सहयोग आतंकवादको आर्थिक सहयोग भन्दा कम छैन,” उनले भने । “भारत चाहन्छ कि आईएमएफले पाकिस्तानलाई दिएको एक अर्ब डलरको सहयोगमा पुनर्विचार गरोस् र भविष्यमा कुनै पनि किसिमको सहायता दिन नपरोस्,” उनले भने ।
सिंहले अपरेशन सिन्दूरमा भारतको सशस्त्र सेनाले शत्रुमाथि हावी मात्र नभएर उनीहरूलाई ध्वस्त पार्न सफल भएको बताए । आतंकवाद विरुद्धको अभियानलाई प्रभावकारी ढंगले अघि बढाएकोमा भारतीय वायुसेनाको प्रशंसा गरे । “हाम्रो वायु सेनाले आफ्नो वीरता, साहस र महिमाले नयाँ र उच्च उचाइहरू छोएको छ ।” रक्षामन्त्री सिंह आज बिहान भुज एयर फोर्स स्टेशनमा समग्र सुरक्षा अवस्थाको समीक्षा गरे ।
भारत र पाकिस्तान सेना बीचको चार दिनसम्म चलेको भिडन्तमा पाकिस्तानले निशाना बनाएको सैन्य पूर्वाधार मध्येको एउटा वायुसेना आधार भुज एयर बेस पनि थियो जसलाई सहजै आकाशमै नष्ट गरियो ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।