धनुषा, ३ जेठ । कक्षा १२ का परीक्षा दिइसकेका विद्यार्थीहरुलाई विशेष अफर दिदा वाटरपार्क रणभुमीमा परिणत भएपछि प्रहरीले बल प्रयोग गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्वर १ रमदैयामा रहेका वान्डरल्याण्ड वाटरपार्कमा नुहाउने विषयलाई लिएर झड्प हुँदा रणभुमिमा परिणत हुँदा प्रहरीले बल प्रयोग गर्नुपरेका हुन् ।
झड्प उग्र बनेपछि प्रहरीले केही राउण्ड आश्रु सेलका साथै हवाइ फायर पनि गरेको बताइएको छ ।
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि आयोजित कृष्णा फाउन्डेसनको कार्यक्रममा सहभागी हुन आएका विद्यार्थी र पार्क व्यवस्थापन तथा प्रहरीबीच झडप भएको थियो ।
विवाद बढ्दै गएपछि केही विद्यार्थीहरूले ढुङ्गामुढा गरेका थिए । झडपपछि पार्कमा तोडफोड गरेर क्षति पुर्याइएको छ ।
स्थिति तनावग्रस्त बनेपछि सुरक्षाका लागि खटिएको प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । हाल स्थिति नियन्त्रणमा रहेको तर तनाब कायमै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन