रौतहट, ४ जेठ । गाउँ गाउँमा सिंह दरबारको अवधारणा सहित स्थापित भएका स्थानीय तहमा आउने बजेट माथि बक्र दृष्टि लगाएर बसेका स्थानीय सरकार प्रमुखको कारण जनमुखी एवं सेवामुखी नभई व्यापारमुखी र नाफामुखी बन्दै जाँदा उद्देश्य विपरित कार्यहरु भईरहदा पनि सम्बध निकाय उदाशिन रहेका छन् ।
रौतहट जिल्लामा रहेका १८ वटा स्थानीय तह मध्ये अधिकाँश स्थानीय तहमा गोप्य विज्ञापन गराएर प्रतिष्पर्धाको आधारमा सेवामुखीका कार्यलाई व्यापारी एवं नाफामुखी बनाउदै गएको हुँदा स्थानीय तह माथिको विश्वास दिनप्रतिदिन घट्दै गएपनि सम्बध निकाय उदाशिन रहदा बेथिती एवं विकृतिहरुले जरो गाडेका हुन् ।
ईशनाथ नगरपालिकाले केही नाम चिन्ह् व्यापारीहरुको माध्यमबाट सार्वजनिक सूचनालाई केही राष्ट्रिय भनाउने पत्रिकामा गोप्य गराएर आफनो व्यापार एवं गोरखधन्धालाई संचालन गर्दै आएको तथा उक्त कार्य गराउन प्रमुख प्रशासकीय अधिकृत देखि लिएर योजना फाँट प्रमुख, स्थानीय सरकार प्रमुखको भुमिकामा लेखाअधिकृत समेत संलग्न रहदा स्थानीय सरकारको काम कारवाही प्रति अहिले गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
ईशनाथ नगरपालिकाले गोप्य रुपमा २ वटा ठेक्का एकजना व्यापारीलाई दिएको श्रोतले खुलासा गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रम अनुसार जनता माध्यमिक विद्यालय औरैयाको भवन निर्माण र नगरभरी पोलतार तथा ट्रान्सफर्मर जडानको ठेक्का गोप्य रुपमा दिएको श्रोतले खुलासा भएको हो ।
२०८१ असोज १ गतेको मितिमा प्रथम पटक प्रकाशित सूचना लाई गोप्य राखि नगरपालिकाले रौतहटको आर्यन कन्सट्रक्सन राजपुरलाई ठेक्का दिएको पाईयो । जनता माध्यमिक विद्यालय औरैया भवन निर्माणको रकम ५७ लाख र नगरमा पोलतार तथा ट्रान्सफर्मर जडान कार्यको ५८ लाख १७ हजार रुपैयाको ठेक्का नगरपालिकाले आर्यन कन्सट्रक्सनलाई गोप्य रुपमा दिए ।
रकम दुरुपयोग गर्दै ईशनाथ नगरपालिकाले सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ विपरीत अनियमितता गरेको देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले यस विषयमा छानबिन गर्न जरुरी रहेको छ ।
इशनाथ, गरुडा, वृन्दावन, राजपुर, दुर्गा भगवती, यमुनामाई, गुजरा, परोहा सहितका अधिकाँश पालिका प्रमुखहरु गोप्य रुपमा केही व्यापारी, केही पत्रकार सहितका व्यक्तिहरुको माध्यमबाट सिटी पोष्ट सहित विभिन्न पत्र पत्रिकाहरुमा गोप्य गराउने चलन यतिखेर रौतहटमा चरम सिमामा रहेको हुँदा नियमनकारी सम्बध निकायबाट समयमै यस्ता अबैधानिक कार्यलाई अंकुश लगाई स्थानीय तहमा बढ्दै गएको बेथितिलाई अन्त्य गर्नु नितान्त आवश्यक रहेको देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन