सुँगुरको खोरमा थुन्ने घटनामा संलग्न दुबै समुदायका ६ जनालाई समातेर सर्लाही प्रहरीद्वारा कारवाही आरम्भ

0 Shares
सर्लाही, ४ जेठ । सर्लाहीको पर्सा गाउँपालिकामा सुँगुरको खोर भित्र थुनेर कुटपिट गरेको घटनामा संलग्न दुबै समुदायका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, पर्सा गाउँपालिका वडा नम्वर ५ हनुमान बजार बस्ने ६० बर्षीय राजेन्द्र साह सोनार र सोही स्थानका ५२ बर्षीय तसलिम अंसारी बीच सुनको बिषयलाई लिएर झै झगडा भएका थिए ।
झगडाका क्रममा निकै स्थानीयहरु उपस्थित हुँदा मुस्लिम समुदायका व्यक्तिले सोनारलाई हातपात गरेपछि हिन्दु समुदायका व्यक्तिहरु उग्र भई मुस्लिम समुदायका ति व्यक्तिलाई सुँगुरको खोरमा थुनेर राखेको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र प्रहरी चौकी पर्साबाट खटिएका प्रहरीले उद्धार गरेको जिल्ल प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राइले बताए ।
प्रहरीले आवश्यक अनुसन्धान गर्दै गएपछि राजेन्द्र साह सोनार निजका छोरा कमलेश साह सोनार, पप्पु कुमार यादव र राहुलकुमार महतो तथा तसलिम अन्सारी र दिल महम्मद अन्सारी सहित ६ जनालाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेको डिएसपी राईले जानकारी दिए ।
चारै जना हिन्दु समुदायका मानिसमाथि धर्म सम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद तथा मुस्लिम समुदायकका मानिसमाथि अभद्र व्यवहारको मुद्दामा ५ दिनको म्याद सर्लाही जिल्ला अदालतबाट थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको उनले भने ।
मुस्लिम समुदायका मानिसलाई सुँगुरको खोरमा थुनेका भिडिया निकै भाइरल भएपछि सर्लाही प्रहरीले अन्ततः उक्त घटनामा संलग्न व्यक्तिहरुलाई समातेर नियमनकारी निकायबाट अनुसन्धानको लागि समय लिएर सर्लाही प्रहरीले दण्डात्मक प्रक्रिया अघि बढाएको छ । समयमा यस्ता कार्य गरेर जनता जनता बीच द्वन्द सृजना गराउनेहरुलाई समयमै तह लगाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने तर्फ स्थानीय प्रहरी प्रशासनलाई सबैले साथ दिएमा मात्रै सम्भव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।