विमानस्थलबाट लागु औषध सहित दुई भारतीय नागरिक पक्राउ

0 Shares
रौतहट, ५ जेठ । लागुऔषध सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट पक्राउ गरेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको छुट्टाछुट्टै स्थानबाट दुबै भारतीय नागरिकलाई गाँजा सहित पक्राउ गर्न प्रहरीले सफल भएका हुन् ।
विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित २७ वर्षीय भारतीय नागरिक अरुण पलाथिङ्गल सोमन पक्राउ परेको प्रहरीले जनाएको छ । उनी नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएर जाँच गर्ने क्रममा सुटकेसबाट उक्त गाँजा बरामद भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।
यसैगरी विमानस्थलको पार्किङ एरियाबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित अर्का भारतीय पनि पक्राउ परेका छन् । ३५ वर्षीया भारतीय नागरिक सुमैया मेहबुब शिखलाई प्रहरीले पक्राउ गरेको छ ।
थाई एयरवेजको उडान मार्फत बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई पनि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।