शिवपुजन यादवद्वारा संचालित अपराधिक साम्राज्यको शिकार आफू भएकोः रामनगर अध्यक्ष प्रत्याशी एवं नेका नेता हरिनन्दन यादवको गम्भीर आरोप

0 Shares
सर्लाही, ८ जेठ । संविधान सभा सदस्य शिवपुज राय यादवद्वारा संचालित गुण्डाराज तथा आतंकको शिकार आफू भएको नेपाली काँग्रेसका नेता हरीनन्दन यादवले गम्भीर आरोप लगाए ।
नेपाली काँग्रेसबाट रामनगर गाउँपालिकामा २०७९ सालमा गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिएका यादव हिजो जनकपुरबाट मलंगवा आएर केही काम पश्चात रामनगर गाउँपालिका स्थित आफनो पैत्रिक गाउँ तर्फ फर्किदै गरेको अवस्थामा गुण्डाराज चलाउने पल्किएका शिवपुजनका लठैत सहित कान्छो छोरा, जनप्रतिनिधि सहित २०–२५ जना ओभरटेक गरेर आफू चढेको गाडीलाई रोक्न लगाए ।
साउथ इण्डियन मुभिमा गुण्डाहरु पिस्टल झिके झै पिस्टल निकालेर फायर गरे । भाँटाले सिसाहरु फुटाउन थाल्दा चालकलाई छिटो यहाँबाट गाडी निकालेर प्रहरी चौकी तर्फ जान भन्द्र पछाडीबाट फायर गरे । तत्पश्चात बाटोमा घाँस काट्न् महिलाहरु रहेको हुँदा कसैलाई केही नहोस भन्दै संयमित हुन भन्दा पनि गाडी तेश्रयाएर हाम्रो गाडी पल्टाउने बाध्य बनाए । पल्टिएका गाडी माथि भाँटा प्रहार गरियो उनीहरुलाई लाग्यो गाडीमा भएका व्यक्ति मर्यो होला भनेर भागे ।
आफू गाडीबाट सर्लाही प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका प्रमुख सहितका सुरक्षा निकायलाई खवर गरेर जेनतेन ज्यान जोगाउन सफल भएको नेपाली काँग्रेसका नेता हरिनन्दन यादवले तराई टप संग कुरा गर्दै भने । उनले भनेको भिडियो रेकर्ड तराई टप संग सुरक्षित रहेको छ ।
“हरिनन्दन भन्छन् यदी मुलुकमा कानुनी राज्य छ भने उनीहरुलाई कारवाही गरासो नत्र भने हामी आफै उनीहरुलाई तह लगाउन सक्षम रहेको आक्रोश व्यक्त गरे” । शिवपुजनको पक्षमा जनमत नरहेपनि आतंक सृजना गरेर गुण्डाराज चलाउन मात्रै चाहेको हुँदा त्यस्ता व्यक्तिलाई कारवाही राज्यले गर्नुपर्ने जिकिर उनले गरे ।
शिवपुजन यादवले सुनयोजित रुपमा चार दिन अघि योजना बनाएर हिजोको घटना घटाएको गम्भीर आरोप लगाउदै हरिनन्दनले घात लगाएर साँघातिक आक्रमण गर्दा पनि अहिले सम्म सर्लाही प्रहरी प्रशासन उनलाई केही नगर्नु कतै राज्यबाट समेत आफू पीडित भएको उनले भने ।
स्थानीय बासिन्दाहरुको आँखा खुल्न थालेको छ, जनता जनता बीच विभेद खडा गरेर द्वन्द गराएर आफू पछाडी घुमाउने दाउमा रहेको, गाउँपालिकामा कामै न लाग्ने व्यक्तिलाई जागिर दिएको, जागिर दिएवापत शोसन गर्दै आएको हुँदा सचेत भई अघि बढ्न उनले आग्रह गरे । जातिगत विभेद खडा गरेर राजनीति गर्न खोजको उनले गम्भीर आरोप संविधान सभा सदस्य एवं माओवादी नेता शिवपुजन यादव र उनका छोरा जुन गाउँपालिका अध्यक्ष समेत रहेका राजाबाबु यादव माथि लगाए ।
समाजसेवी पनिलाल यादवको धारणा
नेपाली काँग्रेसको टिकटबाट २०७९ सालमा रामनगर गाउँपालिका अध्यक्षका प्रत्याशी एवं नेता हरिनन्दन यादव माथि मलंगवाबाट घरतर्फ फर्किदै गरेको अवस्थामा साँघातिक आक्रमण गराएको विषयलाई सर्वप्रथम घोर भत्र्सना गर्दै राज्यको सुविधा खाएर एउटा नेता माथि हातहतियार लिएर आक्रमण गर्नु अत्यन्तै निन्दनिय रहेको छ ।
मुलुकमा १०४ बर्षको राणा शासन, पञ्चायती व्यवस्था भन्दा बत्तर अवस्था रामनगर गाउँपालिकालाई शिवपुजन यादव र उनका छोरा राजाबाबु यादवले बनाएर गुण्डाराज चलाइरहेको भएपनि प्रहरी प्रशासनको कामकर्तव्य माथि उनले गम्भीर प्रश्न चिन्ह खडा गरे ।
ऐन कानुन विपरित प्रहरी प्रशासनको भुमिका एकतर्फी रहेको आरोप लगाउदै उनले अपराधीलाई स्वयंम शिवपुजन पक्षले लुकाएर राखेको छ उल्टै दलिय व्यक्ति माथि साँघातिक आक्रमण गर्ने, राज्यको तलव खाने, हातहतियार लिएर हत्या हिंसामा संलग्न रहनेलाई खुलेआम घुमिरहदा पनि प्रहरी प्रशासन आतंक एवं गुण्डाराजबाट तश्रिएको उनले बताए ।
रामनगर गाउँपालिका र यस क्षेत्रमा भईरहेको अपराधिक कार्यलाई निष्तेज पारी आम नागकिरलाई सुशासनको प्रत्याभुति दिलाउनु नितान्त आवश्यक रहेको उनले नेपाल संग माग गरे ।
रामनगर गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माको धारणा
रामनगर गाउँपालिकाका नेपाली काँग्रेसका नेता एवं अध्यक्ष प्रत्याशी हरिनन्दन यादव माथि बुधवार सुनियोजित रुपमा भएको साँघातिक आक्रमणको घोर निन्दा गर्दै उक्त घटनामा संलग्न दोषिहरुको पहिचान गरेर कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्न माग गरे । तराई टप संग कुरा गर्दै वर्मा भन्छन् मुलुक विधि एवं कानुनबाट चल्छन् तर यहाँ कानुनलाई खल्तिमा राखेर सर्वसाधारण देखि विभिन्न दलका नेताहरुलाई फसाएर दास बनाउने, अपराधमा लगाउने जस्ता कार्य गरिरहदा त्यस्ता राजनीतिक पृष्ठभुमिमा रहेका व्यक्तिहरुलाई कानुनको कठघेरामा ल्याउन सर्लाही प्रहरी प्रशासन संग जोडदार रुपमा माग उठाए ।
शिवपुजन यादवको गुण्डाराज कहिले सम्म ? रामविनोद यादव 
रामनगर गाउँपालिका निवासी एवं २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार तथा हाल नेपाली काँग्रेसका नेता रामविनोद यादवले संविधान सभा सदस्य शिवपुजन यादवले चलाएको अपराधको साम्राज्य एवं गुण्डाराज्यको चरम उदाहरण हिजोको घटना हो । हरिनारायण यादव माथि साँघातिक आक्रमण गराएर सर्लाहीमा अपराधिक गतिविधि बढेपनि प्रहरी प्रशासन मुकदर्शक बनेको हुँदा नेपाल सरकारको गृह मन्त्रालयले एक्सन लिनुपर्ने उनले जिकिर गरे ।
महन्ठ ठाकुरले जहिले सम्म राजनीति यस क्षेत्रमा गरे तब सम्म शान्ति थियो तर जहिले देखि शिवपुजन यादव र अमरेश सिंह यस क्षेत्रमा आए त्यसबेला देखि सर्लाही जिल्ला अस्तव्यस्त भएको उनले गम्भीर आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।