सशस्त्र प्रहरीद्वारा “विपद् स्वयंसेवक आधारभूत १८ दिने तालिम” शुभारम्भ

0 Shares
रौतहट, १३ जेठ । आउन लागेका बर्षा याममा हुने सम्भावित बाढीकटान जस्ता विपदबाट स्थानीय बासिन्दाहरुलाई जोगाउन मंगलवार देखि १८ दिने “विपद् स्वयंसेवक आधारभूत तालिम” शुभारम्भ भएका छन् ।
विपद् व्यवस्थापनको कार्यमा स्थानीय समूदायको भूमिकालाई दृष्टिगत गरेर समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्ने उद्देश्यबाट सशस्त्र प्रहरी बल, नेपालले स्थानीय पालिकाहरुसँगको समन्वय गरी “विपद् स्वयंसेवक आधारभुत तालिम” आज देखि सुरु भएका हुन् ।
उक्त आधारभुत तालिममा गढिमाई, माधवनारायण, राजदेवी र कटहरिया नगरपालिकाहरुसँग समन्वय गरी ३७ जना उक्त तालिममा सहभागी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जनाएको छ ।
गणपति एवं सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेतले तालिमको उद्देश्य माथि प्रकाश पार्दै कुनै पनि विपद् घटनाहरुमा सबै भन्दा पहिला स्थानीय समूदायले नै तत्काल काम गर्नुपर्ने भएकोमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले समूदाय स्तरमा यस्तो तालिम दिन लागेको तथा भविष्यमा बढी भन्दा बढी व्यक्तिलाई यस्तो तालिम दिई विपद् स्वयंसेवक उत्पादन गर्न संगठनको लक्ष्य रहेको बताए ।
सशस्त्र प्रहरी बल, नेपालले अभियानको रुपमा संचालन गरेको यस तालिममा सहभागीहरुलाई विभिन्न प्रकारका विपद्हरु, प्रथमिक उपचार, खोज तथा उद्धार, विपद् व्यवस्थापनमा प्रयोग हुने साधनहरु एवं विभिन्न विपदको बेलामा गर्नुपर्ने कार्यहरु सम्बन्धी १८ दिन सम्म विभिन्न सैद्धान्तिक एवं व्यवहारिक ज्ञान सिकाउने समेत उनले भने ।
बाढी र कटानको लागि अत्याधिक जोखिम रहेका यस जिल्लामा यस प्रकारको तालिमबाट धेरै टेवा पुग्ने विश्वास व्यक्त गर्दै एसपी बस्नेतले विपद आइपरेको अवस्थामा हामी पुग्नु अगावै तालिम प्राप्त स्वयंसेवकहरु अघि पुगेर उद्धारको कार्यमा जुट्ने छन् उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।